खोप लगाउन घरघर निमन्त्रणापत्र
सल्यान – जिल्ला स्वास्थ्य कार्यालय सल्यानले जापानिज इन्सेफलालइट्सि खोप लगाउन घरघरमा निमन्त्रणा पत्र पठाएको छ । यहि वैशाख २६ गतेदेखि जेठ २६ गतेसम्म एक महिना सञ्चालन गरिने अभियानलाई सफल पार्न १ वर्ष देखि १५ वर्ष मुनि बालबालिका रहेका प्रत्येक घरघरमा निमन्त्रण पत्र पठाइएको जिल्ला स्वास्थ्य कार्यालय सल्यानले जानकारी दिएको छ । खोप लगाउने उमेर समूहका कोही पनि बालबालिकाहरु खोप पाउनबाट बञ्चित नहुन भनेर घर घरमा निमन्त्रण पत्र पठाइएको जनस्वास्थ्य प्रमुख डा. मनिषा रावलले जानकारी दिए ।
तराईका ४० जिल्लामा लागु भएको उक्त कार्यक्रम यस आर्थिक वर्षदेखि देशभर लागु भएको डा. रावलले बताए । १ वर्षदेखि १५ वर्षमुनीका झन्डै ९० हजार बालबालिकाहरुलाई जापानीज इन्सेफलाइट्सि खोप लगाउने लक्ष्य राखिएको उनले बताए । खोप र जनशक्तिलाई मध्यनजर गरेर जिल्लालाई ३ भागमा विभाजन गरी खोप अभियान सञ्चालन गरिने डा. रावलले बताए । कोही पनि बालबालिका खोपबाट नछुटुन भनेर ७ सय ५० स्वयसेवक र ७ सय ५० खोपकार्यकर्ता परिचालन गरिने खोप सुपरभाइजर दशरथ श्रेष्ठले जानकारी दिए । सबै उमेरका मानिसलाई उक्त रोग लाग्ने भएपनि सरदर ८५ प्रतिशत रोगका विरामीहरु १५ वर्षमुनिका रहेको बताए । जापनीज इन्सेफलाईट्सि रोगका विरुद्ध अहिलेसम्म कुनै एन्टिवायोटिक तथा एन्टीभाइरल औषधि नभएकाले यसबाट बच्ने उत्तम उपाय भनेको खोप रहेको उनको भनाई रहेको छ । यो रोग लामखुट्टे तथा सुंगुर बंगुरबाट सर्ने भएकाले वातावरणिय सरसफाईमा विशेष ध्यान दिन आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
-
अर्जेन्टिनासँगको हारपछि निराश केनले के भने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण