चीनले अमेरिकामाथि ‘बलात्कार’ गरिरहेको छ : ट्रम्प
इन्डियाना – रिपब्लिकन पार्टीबाट अमेरिकी राष्ट्रपतिको प्रत्यासी डोनल्ड ट्रम्पले चीनको व्यापार नीतिको आलोचना गर्दै चीनले अमेरिकामाथि बलात्कार गरिरहेको आरोप लगाएका छन् । इन्डियानामा एक सभालाई सम्बोधन गर्दै ट्रम्पले चीन ‘विश्व इतिहासमा सबैभन्दा ठूलो चोरी’ का लागि जिम्मेवार भएको आरोप लगाए । ट्रम्पले धेरै अघिदेखि चीनमाथि आफ्नो मुद्रालाई नियोजित रुपमा हेरफेर गरेर आफ्नो निर्यातलाई विश्वबजारमा प्रतिस्पर्धात्मक बनाएको आरोप लगाउँदै आएका थिए । यसले अमेरिकाको व्यवसायलाई धरासायी बनाएको तर्क छ । ‘हामी चीनलाई हाम्रो देशको बलात्कार गर्न दिइराख्न सक्दैनौं । तर, आजसम्म हामी त्यही गरिरहेका छौं,’ र्यालीलाई सम्बोधन गर्दै उनले भने । ‘हामी यसलाई बदल्न सक्छौं,’ उनले भने । उनले आफ्नो घोषणापत्रमा पनि चीनसँग अहिलेको भन्दा राम्रो सम्झौता गरेर अमेरिकाको व्यवसाय र मजदुरलाई प्रतिस्पर्धात्मक बनाउने प्रतिबद्धता व्यक्ति गरेका छन् ।’ चीनको बारेमा ट्रम्पले पहिलो पटक ‘बलात्कार’ शब्दको प्रयोग गरेका हुन् । तर, उनको चुनावी प्रचार भने विवादबाट अछुतो छैन । उनले मेक्सिकन, भारतीय र मुस्लिमविरुद्ध गरेको भाषणका कारण धेरै आलोचना तथा विरोध खेपिरहनु परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण