यार्सा सिजन सुरु, चहलपहल शुन्य
सोमबार, २० वैशाख २०७३, १३ : ००
डोल्पा –डोल्पा लगायतका हिमाली जिल्लाहरुमा यार्साको सिजन सुरु भएको छ ।बैशाख पहिलो साताबाट डोल्पाका पाटनहरुमा यार्सागुम्बा उम्रिसक्ने भएकाले यार्सा सिजनपनि यसै महिनादेखिनै शुरुहुने गर्दछ ।जेठ पहिलो सातादेखि औपचारीक रुपमा संकलन कार्य शुरु हुन्छ । यार्सा संकलनका लागि प्रवेश दस्तुर लिएर सर्बसाधरणलाई अनुमति रसिद दिईने गरिन्छ ।
यार्सा संकलनको लागि हजाराँै सर्बसाधारणहरु बैशाखको सुरुवात देखिनै डोल्पा प्रवेश गर्ने गर्नेगरेता पनि यसबर्ष संकलकहरु कोहिपनि आएका छैनन् भने स्थानियहरुपनि यार्साटिप्न जाने तयारीका लागि उत्साह छाएको छैन् ।
गतबर्ष संकलन गरीएको यार्सागुम्बा बिक्रि नभएकाले यसबर्ष डोल्पालीलाई जाँगर नचलेको कतिपयको बुझाई छ ।
अघिल्ला बर्षहरुमा खचाखच मान्छेहरुले भरीने बाटोघाटाहरु यसबर्ष सुनसान खाली देखिएको स्थानिय रुप बहादुर खत्रीले बताए ।
डोल्पाली लगाएयत छिमेकि जिल्लाबासिहरुको मुख्य आयस्रोतको रुपमा रहेको यार्सागुम्बा संकलनकोलागि आउनेहरु कम भएको बताईएको छ ।
गतबर्षतिर बैशाख नलाग्दै यार्सासंकलकहरु रुकुम,जाजरकोट,सल्यान,जुम्ला लगाएतका बिभिन्न जिल्लाहरुबाट हजारौ सर्बसाधारणहरु डोल्पा प्रबेश गरिसक्थे तर यसबर्ष संकलनकालागि कोहिपनि आएका छैनन् त्रिपुराकोटका स्थानिय भक्तसिंह कठायतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
-
अर्जेन्टिनासँगको हारपछि निराश केनले के भने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण