बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

दिल्लीमा एकता मंचले मनायो अन्तर्राष्ट्रिय मजदुर दिवस

सोमबार, २० वैशाख २०७३, १३ : १८
सोमबार, २० वैशाख २०७३

नयाँ दिल्ली–भारतको राजधानी दिल्लिको सकुरपुरमा रहेको बरात घरमा अखिल भारत नेपाली एकता मंचले मे एक अर्थात अन्तरास्ट्रिय मजदुर दिवस आइतबार भब्य रुपमा मनाएको छ ।कार्यक्रममा अखिल भारत एकता मंचका केन्द्रिय अध्यक्ष ईश्वरी भण्डारीको प्रमुख आतिथ्यमा ज्ञन बहादुर केसीले सम्पुर्ण उपस्थितलाई स्वागत मन्तव्य दिदै कार्यक्रम सुचारु गरिएको थियो । कार्यक्रममा बक्ताहरुले बिश्व भरमै मे एकलाई मजदुर दिवसको रुपमा मनाउने भएपनी नेपालका ८५५ मजदुरलाई जानाकरी नभएको र ठुलाबडा भनौदाले श्रमिकको शोषण गरिरहेको कुरा राख्दै देशको सबै भन्दा ठूलो शक्ति भनेकै मजदुरहरु हुन भन्ने कुरा थाहा हुँदा हुदैपनि श्रमिक प्रति नकरात्मक सोच भएकाले मजदुरहरु उपेक्षीत भएका छन ,भने जव देशका श्रमिकहरु सक्षम हुन्छन तब मात्र देशको विकाश हुने कुरा राखेका थिए । सोही कार्यक्रममै एकता मंच कि केन्द्रिय सदस्य एवम कलाकार बिना शर्मालाई बिदाई समेत गरिएको थियो ।उनी भारत बाट नेपालको लुम्बिनी अंचलको रुपन्देहीमा गएकी छन । उषा थापा,राम बहादुर मलाब ,बिना शर्मा ट्क बहादुर रुन्चाल ,भक्त राना ,सुक बहादुर बिक ,अर्जुन दयाल ,सुर्य राणा , रोम प्रसाद पराजुली ,श्याम लाल भुसाल ,आदिले मन्तव्य राखेका थिए । उक्त कार्यक्रम आर बि खड्काको अध्यक्षता र हरि अर्यालको संचालनमा सम्पन्न भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप