बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

भ्यागुते रोगले काभ्रेपलाञ्चोकमा पचपन्न गाई मरे

सोमबार, २० वैशाख २०७३, १४ : १२
सोमबार, २० वैशाख २०७३

बनेपा - काभ्रेपलाञ्चोकको पात्लेखेत गाविसस्थित ‘गौतमश्री अर्गानिक एण्ड काउ फार्म’मा भ्यागुते रोगका कारण ५५ वटा उन्नत जातका दुधालु गाई मरेका छन् ।

करिब १५ दिनको अवधिमा भ्यागुते रोगका कारण गाई मरेपछि रु ८० लाख बराबरको क्षति भएको फार्मका सञ्चालक रामबहादुर गौतमले जानकारी दिए। “पाँचवटा गाई बिरामी अवस्थामा छन्,’ उनले भने । रु एक लाखसम्म मूल्य पर्ने होलस्टेन र जर्सी जातका गाईले प्रतिदिन १८ लिटरसम्म दूध दिने गरेका थिए । जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा नारायणबहादुर श्रेष्ठले भ्यागुतेविरुद्धको खोप नलगाएका कारण सो रोगबाट पाँचवटा मात्रै गाई मरेको बताए । “अन्य गाई अरु कुनै कारणले मरेका हुन सक्छन, भ्यागुतेका कारण होइन्,” उनले भने । अहिले पशु चिकित्सकको टोली उक्त ठाउँमा परिचालन गरिएको र उक्त रोग नियन्त्रणमा आइसकेकको श्रेष्ठको भनाइ छ । रु १४ करोडको लगानीमा सञ्चालनमा रहेको गाई फार्ममा ३०० भन्दा बढी उन्नत जातका गाई रहेका सञ्चालक गौतमले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप