देशभरका सिग्देलहरुलाई संगठित गरिने
काठमाडौं– राजधानीमा रहि विभिन्न पेशा तथा व्यवसायमा संलग्न देशभरका सिग्देलहरुलाई संगठित गरिने भएको छ । सिग्देलहरुको संगठन सिग्देल बन्धु प्रतिष्ठान नेपाल केन्द्रीय सम्पर्क समितिको सोमबार चाबहिलमा बसेको पहिलो बैठकले राजधानीमा रहि विभिन्न पेशा तथा व्यवसाय गर्दै आएका सिग्देलहरुलाई संगठित गर्ने निर्णय गरेको हो ।
त्यसका लागि सम्पर्क समितिको माउ संस्था सिग्देल बन्धु प्रतिष्ठान नेपालसँग आवश्यक परामर्श गरि कसरी सबैलाई समेटेर लैजाने भन्ने विषयमा थप निर्णय लिइने सिग्देल बन्धु प्रतिष्ठान केन्द्रिय सम्पर्क समितिका सचिव जयराम सिग्देलले जानकारी दिए ।
सिग्देल बन्धु प्रतिष्ठान नेपाल केन्द्रिय सम्पर्क समितिका अध्यक्ष खेलनाथ सिग्देलको सभापतित्वमा बसेको पहिलो बैठकले नेपाली संस्कृत व्याकरणका ज्ञाता स्वर्गिय पण्डित सोमनाथ सिग्देलको बाल्मिकी क्याम्पसमा रहेको शालिकको संरक्षणका लागि पहल गर्ने निर्णय समेत गरेको छ । त्यसका लागि शालिकमा रंगरोकन गर्ने तथा उनको तिथिमा श्रद्धाञ्जली सभाको आयोजना गरिने भएको छ । प्राप्त विवरण अनुसार उनको जन्म र मृत्यु मिति असोज १९ (१९४१-२०२९ ) रहेको छ ।
यसैगरि समितिलाई चलायमान राख्नको लागि आर्थिक कोष खडा गर्ने विषयमा समेत बैठकमा छलफल भएको भएपनि ठोस निर्णय अर्को बैठकले गर्ने अध्यक्ष खेलनाथ सिग्देलले जानकारी दिए ।
गत फागुन २२ गते भएको सिग्देलहरुको भेलाबाट बनेको ९ सदस्यीय समितिलाई पहिलो बैठकबाट २ सदस्य थप गरेर ११ सदस्यीय बनाइएको छ । समितिमा खेलनाथ सिग्देल–अध्यक्ष (सिन्धुपाल्चोक),.मिलन सिग्देल –उपाध्यक्ष (सुनसरी) , जयराम सिग्देल–सचिव (काभ्रे), सबिन सिग्देल–कोषाध्यक्ष (सिन्धुपाल्चोक ) र सदस्यहरु हरि सिग्देल (रुपन्देही ), नारद सिग्देल (स्याङ्जा ), राजकुमार सिग्देल (नुवाकोट ), सविन सिग्देल (खोटाङ) तथा बिश्व सिग्देल (बारा) रहेकोमा पहिलो बैठकबाट कबिता सिग्देल (उदयपुर) र रमेशराज सिग्देललाई थप गरि ११ सदस्यीय बनाइएको हो ।
बैठकमा विशिष्ठ अतिथि रहेका सिग्देल बन्धु प्रतिष्ठान नेपालका केन्द्रिय सचिव पूर्णचन्द्र सिग्देलले सिग्देलहरुबीच एकता बढाउने काममा क्रियासिल भएर लाग्न सम्पर्क समितिलाई निर्देशन दिए । उनले सदस्यता वितरण गर्ने , सबैतिर एकै खालको कूलपुजा गर्ने, बंशावली अद्यावधिक गर्नेलगायतका काममा केन्द्र लागिपरेको भन्दै त्यसमा सम्पर्क समितिको समेत सहयोग महत्वपूर्ण आवश्यक रहेको बताए ।
प्रष्तिष्ठानका केन्द्रीय सदस्य सुवास सिग्देल, मिनराज सिग्देल र सुरज सिग्देलको समेत आतिथ्यता रहेको उक्त बैठकमा १२७ औं मजदूर दिवसको दिन श्रमिकको पक्षमा खोजमुलक समाचार सम्प्रेषण गरेको भन्दै ‘श्रमजिवि पत्रकार सम्मान–२०७३’ बाटसम्मानित भएका पत्रकार तथा सम्पर्क समितिका सदस्य राजकुमार सिग्देललाई बधाई ज्ञापन समेत गरिएको थियो । देशका ३४ जिल्लामा २० हजारबढी सिग्देलहरु रहको प्रतिष्ठानका केन्द्रिय सदस्य सुवास सिग्देलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण