इस्लाम धर्म संकटमा परेको भन्दै चिन्ता
सोमबार, २० वैशाख २०७३, १४ : ५६
नवलपरासी– पछिल्लो समय इस्लाम धर्म संकटमा परेको भन्दै सो धर्मको संरक्षण र प्रबद्र्धन गर्न सबै मुस्लिम समुदाय जुट्नु पर्नेमा जोड दिइएको छ । धर्मका नाममा आतंक मचाउने र धर्ममा घुसपैठ गरि सोझा साझा मुस्लिमहरुलाई त्रसित पर्ने कामले मुस्लिम समुदाय र धर्म संकटमा परेको भन्दै धर्मको संरक्षण र प्रबद्र्धन गर्न सबै मुस्लिम समुदाय जुट्नु पर्नेमा जोड दिइएको हो ।
इश्लाम धार्मिक शिक्षा र धर्मको प्रवद्र्धन गर्ने उद्देश्य नवलपरासी जिल्लाको सिमावर्ति गाविस गेरमीमा आयोजित दुई दिने अन्तराष्ट्रिय मुस्लिम सम्मेलनमा वक्ताहरुले मुस्लिम समुदायमा सुदृढकरण ल्याउन यस्ता घुसपैठ व्यक्तीहरुबाट सर्तक हुनुपर्ने औंल्याए।प्राचिनकाल देखि मुस्लिम समुदायहरुको पुस्ता चलिरहदा पनि मुस्लिमका अधिकांश धार्मिक तथा ऐतिहासिक ठाउँहरु अझै ओझेलमा परेको भन्दै सो अवसरमा चिन्ता व्यक्त गरिएको थियो ।
सम्मेलनमा धार्मिक प्रवचनका लागि साउदी, लेबनान, बंगलादेश, पाकिस्तान, भारत र नेपालका मुस्लिम धर्मावलम्बीहरुको सहभागिता रहेको थियो ।खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् ऐतिहासिक जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण