काँग्रेस सरकार परिवर्तनको पक्षमा छैन : महामन्त्री डा कोइराला
सोमबार, २० वैशाख २०७३, १५ : ०२
क्यालिफोर्निया -अमेरिका भ्रमणमा रहेका नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले आफ्नो पार्टी सरकार परिवर्तनको खेलमा नरहेको बताएका छन् ।
जनसम्पर्क समिति अमेरिका साउदर्न क्यालिफोर्निया च्याप्टरले आज आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै डा कोइरालाले वर्तमान सरकार मधेसको समस्या समाधान गर्न असफल भएको बताए ।
मधेसको समस्या काँग्रेसले मात्र समाधान गर्न सक्ने दावी गर्दै उनले पार्टीको सुन्दर सिद्धान्त बुझेर मात्र पार्टीमा लाग्न आग्रह गरे ।
पार्टीलाई जीवन्त बनाउन विचारको लडाइँ हुनुपर्ने बताउँदै महामन्त्री कोइरालाले व्यक्तिगत स्वार्थका आधारमा गुटबन्दी गर्न नहुने बताए ।
न्यूयोर्क, भर्जिनिया, डल्लास, लस एन्जल्स, सानफ्रान्सिस्को, सिकागोमा हुने कार्यक्रममा भाग लिई कोइराला अर्को साता स्वदेश फर्कने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
-
अर्जेन्टिनासँगको हारपछि निराश केनले के भने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण