बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

हवाईसेवा बन्द हुँदा उपभोग्य बस्तुको अभाब

सोमबार, २० वैशाख २०७३, १५ : ०२
सोमबार, २० वैशाख २०७३
डोल्पा –यहाँको यातायातको मुख्य साधनको रुपमा रहेको हवाईसेवा अनिश्चितकालिन रुपमा बन्द भएको छ । बैशाख पहिलो हप्तायता डोल्पाको आकाशमा देखिएकोे तुवाँलोको कारणले हवाईमार्ग बन्द भएको हो ।तँुवालोले जुफाल बिमानस्थलपनि छोपिएकाले नजिकैको दुरीमा पनि एकछेउ बाट अर्को छेउ नदेखिने तारा एअरका स्टेसन प्रमुख कृष्ण पौढेलले बताए । धँुवाजस्तो देखिने तुँवालोको कारण डोल्पाको आकाश अन्धकारमय भएकाले हवाईसेवा सुचारु हुने टुङ्गो नभएको नागरिक उड्ययन प्राबिकरण डोल्पाले जनाएको छ । तुवाँलोको कारण हवाईसेवा बन्द भएपछि सर्बसाधारणहरु अलपत्र परेका छन् । उपचारको लागि जिल्ला बाहिर जाने बिरामिहरु सबैभन्दा मारमा परेका छन् । उडान नहँुदा डोल्पामा दैनिक उपभोग्य बस्तुको अभाब भएको छ भने ब्यापारीहरुले भएको सामानहरुको पनि मुल्य बढाएका छन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप