कृष्ण पहाडि भन्छन्, ‘देश गम्भीर संकटमा फस्यो’
सल्यान–मानवअधिकारकर्मी कृष्ण पहाडिले अहिले देश गम्भिर संकटमा फसेको बताएका छन् । देशमा राजनीतिक अस्थिरता हुँदा मुलुक गम्भीर संकटमा परेको उनको भनाई छ ।
मानवअधिकार तथा शान्ति समाज सल्यानले सोमबार सल्यान खलंगामा आयोजित जागरण सभामा बोल्दै पहाडिले नाकाबन्दी र भारतिय हस्तक्षेपका कारण राष्ट्रियता संकटमा परको बताए ।
नेपाली जनताको लामो त्याग तपस्याबाट नेपाली जनताले इतिहासमा पहिलो पटक संविधान लेखेको भएपनि सबै नेपालीको भावना अँझै समेटन नसकिएको उनले बताए ।
संविधानमा आफ्ना मागहरु सम्बोधन नभएको भन्दै आन्दोलन हुँदा देश पुन विखण्डनतिर जान्छकि भन्ने आशंका रहेको बताउँदै उनले भने–आफ्ना मागहरु सम्बोधन गर्नेमा नाममा राष्टियतामाथि नै आँच आउने कार्य गरिनु हुदैन र गर्न दिनु पनि हुदैन् ।
सार्वभौम सत्ता र अस्मिता नेपाली जनतामा निहित भएको बताउदै शान्ति र अहिंसाका अभियान्ता पहाडीले विदेशी हस्तक्षेपका विरुद्ध शिर ठाडो पारेर विरोध गर्नु पर्ने बताए ।
नेपालमा भएका विभिन्न राजनीतिकि, सामाजिक, आर्थिक परिवर्तनमा नागरिक समाजले दलहरुलाई साथ दिएको बताउदै उनले दलहरुको अराजकतामा साथ नदिन नागरिकहरुलाई आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण