बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

त्रि–वर्षीय योजनाको मस्यौदा परिषद्मा पठाउने निर्णय

सोमबार, २० वैशाख २०७३, १५ : ५३
सोमबार, २० वैशाख २०७३

काठमाडौँ– राष्ट्रिय योजना आयोगले आगामी १४औँ त्रि–वर्षीय योजनाको मस्यौदालाई राष्ट्रिय विकास परिषद्मा छलफलका लागि पठाउने निर्णय गरेको छ ।

आयोगका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले त्रि–वर्षीय योजना २०७३÷७४ देखि २०७५÷७६ को आधारपत्रलाई परिषद्मा छलफलका लागि पेस गर्न स्वीकृति दिएको हो ।

विज्ञहरुसहितको परिषद् बैठकले छलफल गरेर त्रि–वर्षीय योजनाको आधारपत्रलाई अनुमोदन गर्ने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा युवराज खतिवडाले सञ्चारकर्मीलाई जानकारी दिए । उक्त आधारपत्रका आधारमा सरकारको आगामी नीति तथा कार्यक्रम तर्जुमा गरिने पनि उनले उल्लेख गरे ।

बैठकले राष्ट्रिय विकास परिषद्को बैठक आगामी जेठ २ र ३ गते काठमाडौँमा आयोजना गर्ने निर्णय गरेको आयोगका सहसचिव एवम् प्रवक्ता तुलसीप्रसाद गौतमले राससलाई जानकारी दिए ।

त्यस्तै, बैठकमा परिषद्का मनोनीत ३५ जना सदस्यबाट प्रस्ताव पेस भए पनि त्यसको परिमार्जनपछि मात्र टुङ्गो लगाउने निर्णय भएको प्रवक्ता गौतमले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप