राष्ट्रिय एकता र सहकार्य आवश्यक : प्रचण्ड
सोमबार, २० वैशाख २०७३, १६ : १५
विराटनगर - एकीकृत नेकपा (माओवादी)का अध्यक्ष प्रचण्डले राष्ट्रिय सहमति, एकता र सहकार्य आजको आवश्यकता भएको बताएका छन् ।
विराटनगर विमानस्थलमा आज दिउँसो सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले असन्तुष्ट पक्षहरुका मागलाई सम्बोधन गर्न र मुलुकका चुनौतीहरुको सामना गर्न राष्ट्रिय एकता अपरिहार्य रहेको स्पष्ट पारे ।
पत्रकारको जिज्ञासामा बेलायतको संसद्मा नेपालबारे छलफल हुनुलाई आफूले स्वाभाविक नठानेको पनि उनले बताए । नेपालको आन्तरिक मामिलाबारे कुनै पनि मुलुकले बोल्नु राम्रो नभएको उनको भनाइ थियो ।
सरकार परिवर्तन गर्ने अहिले कुनै सोचाइ नरहेको उल्लेख गर्दै उनले संविधान कार्यान्वयन र पुनःनिर्माणका कामतर्फ सबै दल केन्द्रित हुनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण