बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

सरकार परिवर्तनको सम्भावना छैन – नेता नेपाल

सोमबार, २० वैशाख २०७३, १६ : १७
सोमबार, २० वैशाख २०७३

विराटनगर - नेकपा (एमाले)का नेता माधवकुमार नेपालले सरकार परिवर्तनको सम्भावना नरहेको स्पष्ट पारेका छन् ।

विराटनगर विमानस्थलमा आज दिउँसो पत्रकारहरुसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले कुनै पनि विषयमा असन्तुष्टि छ भने बसेर छलफल गर्न सकिन्छ भने ।

वर्तमान सरकार वार्ताद्वारा समस्या समाधान गर्न तयार रहेको बताउँदै उनले भने – कतै गल्ती देखिएमा सच्याउन प्रधानमन्त्री तयार छन् ।

अहिले मुलुकका लागि संविधान कार्यान्वयन नै महत्वपूर्ण विषय रहेको र यसका लागि सबै दलबीच एकता आवश्यक रहेको उनको भनाइ थियो ।

मधेसी जनअधिकार फोरम ९लोकतान्त्रिक०को आजदेखि विराटनगरमा हुन गइरहेको प्रथम महाधिवेशनले पनि एकताको सन्देश दिने विश्वास उनले व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप