ठमेलको जापानी रेष्टुरेन्टमा नेपालीको भीडभाड
काठमाडौं–के तपाई फरक स्वादको खोजीमा हुनुहुन्छ ? यदी हुनुहुन्छ भने ठमेलमा रहेको ‘लोटस रेष्टुरेन्ट’ तपाईको रोजाईमा पर्नसक्छ । २०५८ सालदेखि सञ्चालनमा आएको जापानिज रेष्टुरेन्टमा विभिन्न जापानी परिकारहरु पाइन्छ । जापानीका रेस्टुरेन्ट पछिल्लो समय नेपाली ग्राहकले भरिभराउ हुने गरेको रेष्टुरेन्टका सञ्चालक कमल गुरुङले बताए । स्वादका पारखीहरु सस्तो र गुणस्तरीय रेष्टुरेन्ट भएकैले आकर्षित भएको सञ्चालक गुरुङ अड्कल काढ्छन् । ‘यहाँ जतिपनि ग्राहक आउनुहुन्छ, उहाँहरु सबैले खाना र सेवाको उच्च प्रशंसा गर्नुहुन्छ’, गुरुङ भन्छन्, ‘ग्राहकको सन्तुष्टिमा हामीलाई उत्कृष्ट सेवा दिन थप हौसला मिलेको छ ।’
विशेषतः स्प्यागेठी, ट्युना र नुडल्सका विभिन्न परिकारहरुका सागै करी राइस र हट पट रेष्टुरेन्टको मुख्य मेनु हो । बिहान ९ बजेदेखि बेलुकी ९ बजे सम्म खुल्ने रेष्टुरेन्ट ठमेलको सबैभन्दा पहिलो ओपन किचन भएको रेष्टुरेन्ट हो । रेष्टुरेन्ट शनिबार भने बन्द हुने गर्दछ ।
ठमेल चोकबाट करीब १०० मिटर भित्र ज्याठामा अवस्थित रेष्टुरेन्टबारे थप बुझ्न परे सञ्चालक गुरुङलाई मोबाइल नम्बर ९८४००५०३३६ मा सिधै सम्पर्क गर्न सकिनेछ । रेष्टुरन्ट जापानी नागरिक काजु हिरो सासाकीको सहयोगमा गुरुङले सञ्चालनमा ल्याएका हुन् । सासाकी गुरुङको धर्मपिता हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपामा वरीयता : निवर्तमान महामन्त्री बुर्लाकोटी १३औँ स्थानमा
-
सरकारले गर्यो ६ सचिवको सरुवा, अर्याल पुगिन जगेडामा
-
हर्मुज केन्द्रित अमेरिकी आक्रमण तीव्र
-
सरकारबाट फिर्ता हुन कांग्रेस मन्त्रीको अटेरी, बैठकमा सहभागी भएनन्
-
तीन महिनामा ९० हजार लाइसेन्स वितरण, १९ करोड ८२ लाख राजस्व सङ्कलन
-
प्रदेश सरकारमा सहभागी हुन कांग्रेस–एमालेसामु नेकपाको तीन सर्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण