‘ट्राफिक एप्स’को शुभारम्भ गर्दै आईजिपीले भने, ‘करोडौंको गाडी चढ्नेलाई सय–दुई सय जरिवानले पुग्दैन’
‘हामी प्रविधीलाई प्रयोग मात्रै गरिरहेका छैनौं, सँगै बाँचिरहेका छौं’ अर्यालले भने, ‘हाम्रो पुलिस र ट्राफिक एप्सलाई मर्ज गरेर निकट भविष्यमा सिंगो प्रहरी संगठनको एउटै एप्स बनाउने गृहकार्य भइरहेको छ ।’ सडकमा करोडौंको गाडी कुदाउनेलाई सय–दुई सयको जरिवाना थोरै हुने उल्लेख गर्दै अर्यालले भने, ‘सबैलाई ट्राफिक नियमको जरुरी भएपनी आवश्यकता नपरेको जस्तो देखियो, ट्राफिक नियम प्रहरीका लागी मात्रै हैन सडक प्रयोगकर्ता सवैका लागी हो ।’ ट्राफिक प्रहरीले सार्वजनिक गरेको मोवाईल एप्समा हरेक स्मार्टफोन प्रयोगकर्ताले आफ्नो औंलामा ट्राफिक जाम भए नभएको वा डाईभर्सनबारे सूचना पाउनेछन् । सडक दुर्घटना लगायतका सुचना सर्वसाधारणले फोटो सहित प्रहरीलाई दिनसक्ने एप्समा बर्तमानमा भईरहेको ट्राफिक गतिविधि, सूचना, घटना, दुर्घटनाबारे तत्काल मोवाईलमा नोटीफिकेशन मार्फत प्राप्त गर्न सकिने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । ट्राफिक नियम मिच्नेहरुले कस्तो सजाय र कति जरिवाना पाउनेछन् भन्नेबारे सुचना पाउनुका साथै एप्समा ट्राफिक प्रहरी पोष्टहरुको नाम र सम्पर्क नम्बर समेत राखिएको छ । त्यस्तै एप्समा नेपाल भरीका विभीन्न स्थानमा यात्रा गर्दा लाग्ने भाडाको विवरण थाहा पाइनुका साथै मोटरसाईकल लगायतका अन्य सवारी साधन हराएको वा फेला परेको सुचना समेत एप्समा राखिने महाशाखाले जनाएको छ । ट्राफिक प्रहरी महाशाखाका डिआईजि प्रकाश अर्यालको सक्रियतामा सार्वजनिक गरिएको एप्स निर्माणका लागी इन्सपेक्टर सिताराम हाछेथु लगायतका प्रहरी अधिकारीहरुले उल्लेखनिय भूमिका खेलेका थिए । आफ्नो मोवाईलमा एप्स डाउनलोड गरेका यात्रुहरुले सार्वजनिक सवारी साधनले बढी भाडा लिएमा वा दुब्र्यवहार गरेमा तुरुन्तै गाडी भित्रबाटै प्रहरीलाई गोप्य सुचना दिन सक्नेछन् । त्यस्तै एप्समा जनचेतनामुलक गीत तथा अन्य ट्राफिक गतिबिधीबारे डकुमेन्ट्री तथा तस्बिर हेर्न सकिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
-
अर्जेन्टिनासँगको हारपछि निराश केनले के भने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण