बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

बस पल्टिदा फोरम लोकतान्त्रिकका ३२ जना घाइते

सोमबार, २० वैशाख २०७३, १७ : १६
सोमबार, २० वैशाख २०७३

राजविराज - पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनपुर नपामा सोमवार बस पल्टिँदा ३२ जना घाइते भएका छन् । मधेसी जनअधिकार फोरम लोकतान्त्रिक पार्टीको महाधिवेशनमा सहभागी हुन धनगढीबाट बिराटनगर गइरहेको ना ४ ख ९७४६ नम्वरको बस कञ्चनपुर बेरियर नजिक अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो । दुर्घटनामा परि घाइते भएकाहरुमध्ये धनगढी नगरपालिका–१६ का बिमला चौधरी, रामप्रसाद चौधरी, सिरिया चौधरी र हरिकृष्ण चौधरी गम्भिर रहेका छन् । उनीहरुलाई उपचारका लागि विराटनगरस्थित न्यूरो र नोबेल अस्पताल पठाईएको जनाइएको छ । अन्य घाइतेहरुलाई ठेलियास्थित धर्मेश्वर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक दानबहादुर कार्कीले जानकारी दिएका छन् । उनका अनुसार दुर्घटनामा परि घाइते भएकाहरुलाई ईलाका प्रहरी कार्यालय कञ्चनपुर तथा स्थानीयवासीले उद्धार गरि अस्पताल पठाइएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप