बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

कक्षा १२ को परिक्षा : एक हप्ता अघिनै प्रश्नपत्र बाहिरियो

सोमबार, २० वैशाख २०७३, १७ : २१
सोमबार, २० वैशाख २०७३

जाजरकोट – यहाँको नारायणी उच्च मावि कार्कीगाउँ परिक्षा केन्द्रमा एक हप्ता अघि प्रश्नपत्र बाहिरिएको छ । उच्च माध्यमिक शिक्षा परिषद्ले आईतवार देखी सञ्चालन गरेको कक्षा १२ को परिक्षामा आशिंक तर्फको अंग्रेजी विषयको प्रश्नपत्र वितरण गरिएको थियो । नियमित तर्फको उक्त विषयको परिक्षा सञ्चालन गर्नु पर्नेमा आगामी वैशाख २९ गते हुने आंशिक अंग्रेजी विषयको प्रश्नपत्र परिक्षार्थीलाई वितरण गर्दा प्रश्नपत्र बाहिरिएको हो । सम्बन्धित पक्षको लापरवाहिका कारण परिक्षार्थीलाई नियमित तर्फको प्रश्नपत्र वितरण गर्नुको साट्टो ९ दिनपछिसञ्चालन हुने आंशिक तर्फको प्रश्नपत्र वितरण गरिएको थियो । परिक्षा सञ्चालन भएको आधा घण्टा पछि मात्र परिक्षार्थीले प्रश्नपत्र फरक परेको गुनासो गरेपछि उक्त विषय सार्वजानिक भएको थियो । परिक्षार्थीको हातमा परेको प्रश्न पत्र आधा घण्टापछि केन्द्राध्यक्ष र प्रहरीले फिर्ता लिई निमित तर्फको प्रश्नपत्र वितरण गरी परिक्षा सञ्चालन गरिएको प्रहरी नायक उपरिक्षक दानवहादुर मल्लले जानकारी दिए । जिल्लाका १२ ठाउँमा परिक्षा सञ्चालन गरिएको छ । वैशाख २९ गते हुने परिक्षाको प्रश्ननपत्र अघाडी नै बाहिरिएपछि देशभरी नै समस्या भएको सरोकारवालाको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप