औराबनीमा ६० फिट अग्लो बुद्धको प्रतिमा, नेपालद्धारा शिलन्यास
इटहरी – पूर्व–प्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले औरावनी–९ सुनसरीमा ६० फिट अग्लो बुद्धको प्रतिमा निर्माणको शिलन्यास गरेका छन् । करिब ११ बिगाहा क्षेत्रफलमा फैलिएको गढदेव बुद्ध पर्यटकीय स्थलमा बन्न लागेको उक्त बुद्धको प्रतिमाले लुम्बिनीको झल्को दिने बताइएको छ ।
दश वर्षे गुरु योजना बनाएर उक्त पर्यटकीय स्थललाई राष्ट्रिय गौरवको रुपमा विकास गर्ने लक्ष्य रहेको पर्यटकीय स्थलकी अध्यक्ष एवंम नेकपा एमालेकी केन्द्रिय सदस्य तथा पुर्व सभासद भगवती चौधरीले जानकारी दिइन् । उनका अनुसार उक्त योजना सम्पन्न गर्न दुई वर्ष लाग्ने छ भने बुद्धको मुर्ती निर्माण र पर्यटकीय स्थल निर्माणका लागि करिब ३५ करोड रुपैयाँ खर्च हुने बताइएको छ ।
प्राचिनकालमा थारु समुदायका राजा रुपनारायणले बसोवास गरेको स्थलको रुपमा चित्रित उक्त स्थानमा थारु ग्रामथानको समेत संरक्षण गरेर बुद्ध पर्यटकीय क्षेत्र निर्माणको काम अघि बढाइएको बताइएको छ ।
कार्यक्रमका प्रमुख अतिथि रहेका एमाले नेता माधव कुमार नेपालले देशको आर्थिक विकासका लागि पर्यटनको विकास र कृषिलाई आधुनिकिकरण गर्नु आवश्यक रहेको औंल्याएका छन् । अब झै–झगडा गरेर देशको विकास सम्भव नरहको भन्दै सबै दल समुदाय मिलेर राजनीतिक समस्यालाई आपसी समझदारीका माध्यमबाट अन्त्य गर्दै देश विकासमा लाग्नुपर्नेमा उनको जोड थियो ।
सबैको अस्तित्व स्वीकार्दै आपसी भावनाको कदर गरे मात्र देशको हित हुने उल्लेख गर्दै फुटेरभन्दा जुटेर देशको हितमा लाग्न नेपालले आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण