बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

बन्दीगृहलाई सुधारगृह बनाउन माग

सोमबार, २० वैशाख २०७३, १८ : ००
सोमबार, २० वैशाख २०७३

काठमाडौँ– नेपालका बन्दीगृहलाई सुधारगृहका रुपमा परिणत गर्नुपर्नेमा जोड दिएका छन् ।

यहाँ आज आयोजित साक्षात्कारमा उनीहरुले नेपालमा रहेका ७४ वटा बन्दीगृहमा क्षमताभन्दा बढी बन्दी राख्ने गरिएको, पहुँचवाला व्यक्ति भए पेसावर अपराधी पनि बन्दीगृहबाट छुट्ने गरिएको र पहुँच र पैसा नभएका बन्दीले यातना गृहका रुपमा दुःख व्यहोर्नुपरेको बताए ।

नेपाल मानवअधिकार संरक्षण मञ्चका अध्यक्ष तुल्सी थापाले बन्दीको पनि मानवअधिकार हुने बताउँदै अज्ञानता वा राजनीतिक प्रतिशोधका कारण बन्दी जीवन व्यतीत गरेका बन्दी सुधार हुन चाहेमा सरकारले उपयुक्त वातावरण बनाइदिनुपर्नेमा जोड दिए ।

नेपाल बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसीले काठमाडौँको डिल्लीबजारलगायत देशका विभिन्न कारागार भूकम्पीय हिसाबले असुरक्षित समेत असुरक्षित रहेको र अधिकांश कारागारमा क्षमताभन्दा बढी बन्दी राख्ने गरिएका बताए ।

राजनीतिक विश्लेषक राजेन्द्रप्रसाद पाठकले कारागार तुरुन्त मर्मत सम्भार हुनुपर्ने, कारागार ऐन संशोधन हुनुपर्ने तथा महङ्गीअनुसार बन्दीको सीधा वृद्धि गर्नुपर्ने बताए ।

पीडित कैदीबन्दी परिवार सङ्घका अध्यक्ष जीवन रायमाझीले भूकम्पले केन्द्रीय कारागार सुन्धारामा भवन भत्किएर मृत्यु हुने १७ मृतक कैदीबन्दी परिवारलाई उचित क्षतिपूर्ति र घाइतेको उपचारमा सरकारले आर्थिक सहयोग गर्नुपर्नेमा जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप