चार वर्षपछि क्षतिपूर्ति पाउँदा...
काठमाडौँ– दुबइमा रहेको नेपाली दूतावास र नेपालको परराष्ट्र मन्त्रालयको लापर्बाहीका कारण वैदेशिक रोजगारीमा ज्यान गुमाएका धनकुटाको एक परिवारले क्षतिपूर्ति पाउन चार वर्ष कुर्नु परेको छ ।
विसं २०६६ मा डिडी ओभरसिजमार्फत दुबइको रोयल कङ्क्रिट प्रोडक्टमा काम गर्न गएका धनकुटाका २९ वर्षीय तुलसीप्रसाद चापागार्इंको २०६९ सालमा मेसिनमा च्यापिएर मृत्यु भएको थियो ।
कम्पनीले २०७० सालमा क्षतिपूर्तिबापतको दुई लाख दिराम मुद्रा त्यहाँको अदालतमा जम्मा गरेकामा दूतावास र परराष्ट्र मन्त्रालयले बेवास्ता गर्दा पीडित परिवारले लामो सङ्घर्ष र लाखौँ रुपैयाँ खर्चपछि मात्र अहिले पाएका हुन् ।
आज आयोजित पत्रकार सम्मेलनमा मृतकका पिता धनञ्जय चापागार्इंले आफूहरुलाई कम्पनीका मालिक नरान सल्वानीले टेलिफोन गरेर क्षतिपूर्तिबापतको रकम आफूले जम्मा गरिदिएको जानकारी दिएको तर परराष्ट्र मन्त्रालय र दुबइस्थित नेपाली दूतावासमा पटक–पटक पहल बेवास्ता गर्दा रकम समयमा पाउन नसकेको गुनासो गरे ।
नेपाल सरकारको निकायले आफूहरुलाई अनावश्यक दुःख र सास्ती दिएको भन्दै आशा एचफोर फाउन्डेसनकी अध्यक्ष आशा लामाको प्रयासमा आफूले दुई वर्षपछि ती क्षतिपूर्ति पाएको उनले बताए ।
दूतावास र परराष्ट्रले वास्ता नगरेपछि आफूहरु दुबइ जान बाध्य भएको भन्दै उनले करिब रु साढे ५७ लाख हुने क्षतिपूर्ति रकम पाउन काठमाडौं र दुबइ धाउँदामात्रै आफूहरुको रु २५ लाख बढी खर्च भएको गुनासो गरे ।
आशा एचफोर फाउन्डेसनकी अध्यक्ष आशा लामाले नेपाल सरकार र दूतावासको लापर्बाहीले गर्दा धेरै नेपालीले दुःख पाइरहेको बताउँदै आफूले अहिले पनि धेरै त्यस्ता नेपालीको मुद्दा लडिरहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
-
अर्जेन्टिनासँगको हारपछि निराश केनले के भने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण