कनकमणिलाई रिहा गर्न सर्वोच्चको आदेश
काठमाडौँ – साझा यातायात सहकारी लिमिटेडका अध्यक्ष तथा पत्रकार कनकमणि दीक्षितलाई आज सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको छ । पक्राउ गर्नुको कारण स्पष्ट नखुलेको भन्दै अदालतले सो निर्णय गरेको हो । कायममुकायम प्रधानन्यायाधीस सुशिला कार्की र न्यायाधीस जगदीश पौडेलको संयुक्त इजलासले दिक्षितलाई साधारण तारेखमा लिएर अनुसन्धान अगाडि बढाउन अख्तियार दुरुपयो अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।
आयोगले हिरासतमा राखेका पत्रकार दीक्षितको स्वास्थ्यमा समस्या आएपछि वीर अस्पतालमा उपचार हुँदैआएको थियो । आज अदालतको आदेशअनुसार सर्वोच्चमा उपस्थित गराइएको थियो । यही वैशाख १५ गते कानुनी प्रक्रिया नपु¥याई हिरासतमा राखेको भन्दै उनकी पत्नी शान्ता दीक्षितले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरेकी थिइन् । यसअघि यही वैशाख १२ गते विशेष अदालतले साझा यातायातका अध्यक्ष दीक्षितलाई अनुसन्धानका लागि १० दिन थुनामा राख्न अनुमति दिएको थियो । इजलाशले यसअघि विशेष अदालतले दिएको आदेश खारेज गरेको छ।
अकूत सम्पत्ति जोडेको अभियोगमा अख्तियारले यही वैशाख १० गते दीक्षितलाई पक्राउ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
-
अर्जेन्टिनासँगको हारपछि निराश केनले के भने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण