१४ जना ठग्ने लामा पक्राउ
काठमाडौँ–क्यानाडाको नक्कली भिषा लगाई लाखौ रकम ठगी गर्ने काठमाडौँ महानगरपालिका–४ बसुन्धरा बस्ने काभ्रे सिपाली चिलाउने–१ घर भएका ३४ बर्षीय डेन्जीन लामालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ महानगरपालिका–४ बसुन्धरामा संचालित प्रवल एजुकेशन कन्सल्टन्सीले भिजीट भिषामा क्यानडा पठाउने भनि १०/१५ लाख सम्म रकम उठाउने तथा धेरै व्यक्तिहरुलाई ठगी गरी रहेको सूचना महानगरीय प्रहरी अपराध महाशाखामा प्राप्त हुन आएपछि महाशाखाबाट उक्त कन्सल्टेन्सीलाई निग्रानीमा राखी प्रमाण संकलन गर्ने क्रममा रामेछाप घर हुने राजु श्रेष्ठ र देवेन्द्र सुनुवार, दोलखा घर हुने विवेकराज कार्की, भक्तपुर घर हुने रमेश कुमार के.सी.महाशाखाको सम्पर्कमा आई कन्सल्टेन्सीले निजहरुलाई प्रति व्यक्ति १५ लाखका दरले लाग्ने भनी ५० हजारका दरले लिएको र थप रकम लिनको लागि विश्वास दिलाउन नक्कली भिषा समेत दिएको देखिन आएको छ ।
प्रहरीले बसुन्धरा स्थित उक्त कन्सल्टेन्सीको खानतलासी लिदा कन्सल्टेन्सीले ५ लाख सम्मका स्लिपकाटी रकम उठाउने गरेको, उक्त कन्सल्टेन्सी शिक्षा मन्त्रालयको शैक्षिक परामर्श केन्द्रमा दर्ता समेत नभई संचालन भएको खुल्न आएको छ । लामालाई प्रहरीले बैशाख १७ गते पक्राउ गरेको थियो ।
लामाले विभिन्न एजेन्ट मार्फत क्यानाडा जान चाहने व्यक्तिहरुलाई सम्पर्कमा ल्याउने एजेन्ट मार्फत १५ लाख उठाउने र एक जना क्यानेडियन नागरिकलाई दिल्लीमा राखी निज मार्फत भिजीट भिषा लगाई ठूलो मात्रामा रकम असुली गर्ने गरेको र हाल सम्म १४ जनालाई ठगी गरेको खुल्न आएको छ । लामालाई ठगी मुद्दामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौँमा पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण