संकटमा गठबन्धन : तमलोपाले भन्यो, ‘मधेशमा संघीय गठबन्धनको काम छैन’
‘मधेशमा संघीय गठबन्धनले होइन, मधेशी मोर्चाले आन्दोलन गर्छ, यहाँ गठबन्धनको कुनै काम छैन । गठबन्धनलाई आन्दोलन नै गर्नुछ भने मनाङ, रुकुम, रोल्पातिर गएर गर्दा हुन्छ,’ बैठकमा सोनलको भनाई उद्धृत गर्दै ती नेताले रातोपाटीलाई भने । ‘मधेशमा मधेशी जनतालाई गठबन्धनको बारेमा थाहा छैन, मधेशी मोर्चाको ब्यानरमै आन्दोलन हुन्छ’ भन्दै उनले केही नेताले गठबन्धन बनाएर मधेशमा भ्रम छरेर आन्दोलन कमजोर गरिरहेको आरोप लगाए । उनले भने, ‘मधेश आन्दोलन कमजोर पार्ने रणनीतिमा संघीय गठबन्धन गठन भएको हो ।’ बैठकमा गठबन्धन गठनप्रति अधिकांश नेताहरुल आपत्ति जनाएका थिए । बैठकमा पार्टीका महामन्त्री सर्वेन्द्रनाथ शुक्लाले आफ्नो धारणा राख्ने क्रममा तमलोपा संघीय गठबन्धनको पक्षमा नभएको तर उपेन्द्र यादवले गठबन्धनलाई जवर्जस्ती आगाडि बढाएको आरोप लगाएका थिए । बैठकमा सहभागि एक नेताका अनुसार महामन्त्री शुक्लाले पार्टीका अध्यक्ष महन्थ ठाकुर र उपाध्यक्ष वृषेशचन्द्र लाल विरामी भएको मौका छोपेर उपेन्द्र यादवले गठबन्धनलाई अगाडी बढाएको आरोप लगाए । गठबन्धन तथा मोर्चाको अधिकांश बैठकमा यी दुई जना मात्र जाने भएकाले पार्टीले उनीहरुलाई नै जिम्मवारी दिएको तर यी दुई नेता विरामी भएपछि उपेन्द्र यादव एकाएक अगाडि बढेको देखिएको शुक्लाले बताए । गठबन्धनको निर्णायक बैठक बसेको दिन अर्का महामन्त्री गोविन्द चौधरी बैठकमा सहभागी भएका थिए तर उनले आफ्नो कुरा प्रष्टसँग राख्न नसकेको र उपेन्द्र यादवले एकलौटी ढंगबाट गठबन्धन बनाएको आरोप तमलोपाका नेताहरुले लगाएका छन् । संघीय गठबन्धनको झण्डा र ब्यानरमा हुने आन्दोलनमा तमलोपा सहभागी तमलोपाले जनाएको छ । यद्यपि, संघीय मधेशी मोर्चाले गर्ने आन्दोलनमा सहभागि हुने र यदी मधेशी मोर्चा पनि त्यहाँ नभए तमलोपाले आफ्नै ब्यानर र झण्डा लिएर आन्दोलन गर्ने दलभित्र आन्तरिक सहमति बनेको स्रोतले जनाएको छ । बृषेशचन्द्र लाल ८ नम्बरको नेता ! पार्टीका महामन्त्री वृषेशचन्द्र लाल पार्टीमा कति नम्बरको नेता हो भन्ने पनि बैठकमा चर्चाको विषय बन्यो । धनुषा जिल्ला अध्यक्ष परमेश्वर साहले वृषेशचन्द्र लाल कति नम्बरको नेता हो त्यो कुरा आफूले बुझ्न नसकेको कुरा उठाएका थिए । केन्द्रीय कमिटीले वरियाताक्रमलाई ख्याल गरेको छैन भने जिल्लाले यसबाट के सिक्ने भन्दै नेता साहले पार्टीभित्रको वरियाताक्रम सच्याउन आग्रह गरे । अध्यक्षपछि वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठीको नाम रहेको छ, तेस्रो वरियताक्रममा अर्का उपाध्यक्ष वृषेशचन्द्र लालको नाम हुनुपर्ने तर त्यहाँ महासचिव सर्वेन्द्रनाथ शुक्लाको नाम राखिएको छ जुन वरियताक्रम विपरित रहेका साहले दावी गरेका छन् । साहको आलोचनापछि शुक्लाले पुरानो रजिष्टर उल्टाएर देखाउँदै भने, ‘ल हेर्नुस्, वृषेशजी आठ नम्बरको नेता हुनुहुन्थ्यो, महेन्द्रजी पार्टी छाडेर गएरपछि उहाँलाई उपाध्यक्ष बनाइएको हो । त्यही बेला सहमति भएको थियो कि वृषेशजी उपाध्यक्ष बनेपछि महासचिव शुक्लाको नाम माथि रहन्छ । त्यही बेलादेखि त्यस्तै हुँदै आएको छ ।’ शुक्लाको कुरा सुनेपछि वृषेशले जवाफमा, ‘के कुनै जिल्ला सदस्य भोली गएर पार्टीको केन्द्रीय अध्यक्ष बन्यो भने त्यसको नाम जिल्ला समितिमै रहन्छ कि माथि पनि जान्छ ? पार्टीभित्रको वरियताक्रम सुधार गर्नुपर्छ नत्र यो नजिर बन्यो भने पछिसम्म यसले असर गर्न सक्छ ’ भन्दै प्रतिप्रश्न गरेका थिए । तमलोपाको महाधिवेशन जेठ ६ गतेदेखि जनकपुरमा बसेको बैठक महाधिवेशन गर्ने विषयमा पनि केन्द्रीत थियो । पार्टी गठन भएको आठ वर्ष बित्दा पनि महाधिवेशन गर्ने सुरसार थिएन । तर, निर्वाचन आयोगले असारभित्र महाधिवेशन नगरे पार्टी खारेज गर्ने चेतावनी दिएपछि पार्टी महाधिवेशनको मिति तय गरेको छ । पार्टीले जेठ ६ गतेदेखि ९ गतेसम्म नवलपरासीमा गर्ने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
-
अर्जेन्टिनासँगको हारपछि निराश केनले के भने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण