बेरोजगारीको समस्या नेपालको एक नम्बर समस्या : संयोजक भट्टराई
काठमाडौं–नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले बेरोजगारी समस्या नेपालको एक नम्बर समस्या भएको बताएका छन् । रोजगारी र समृद्धिको लागि आर्थिक क्रान्तिको अभियानले खुल्ला मञ्चमा रोजगारीको सुनिश्चितताकालागि गरिरहेको सामूहिक आमरण अनसनप्रति ऐक्यवद्धता जनाउन पुगेका संयोजक डा. भट्टराईले भने– ‘वेरोजगारी समस्या नेपालको एक नम्बर समस्या हो र यसको सकारात्मक समाधान गर्नु राज्यको पहिलो दायित्व हो । त्यसैले राज्यले तुरुन्त आमरण अनसनकारीहरुसँग सार्थक संवाद गरेर यसको समाधान गरोस् भन्ने आग्रह गर्दछु ।’
उहाँले अनसनकारीहरुको स्वास्थ्यमा प्रतिकूल समस्या आउनुअघि नै राज्यले सम्बोधन गर्नुपर्ने बताए । त्यहाँ राखिएको आगन्तुक पुस्तिकामा संयोजक भट्टराईले लेखेका छन् – ‘युवाहरुलाई पूर्ण रोजगारीको सुनिश्चितताकालागि शुरु गरिएको आमरण अनसनप्रति नयाँ शक्ति नेपाल र मेरो तर्फबाट हार्दिक ऐक्यबद्धता प्रकट गर्दछु ।’ उनले अनसनकारीको मागप्रति राज्य गम्भीर हुनुपर्ने र आफूले पनि सरकारसँग यो विषयमा कुराकानी गर्ने पनि बताए ।
युवाहरु वेरोजगार भएको देशमा आर्थिक विकास र समृद्धि सम्भव नहुने भन्दै डा. भट्टराइले सम्पूर्ण युवाहरु रोजगार भएमात्रै समृद्धिको ढोका खुल्ने बताए । युवाहरुलााई विदेश पठाएर त्यहाँबाट आएको रेमिट्यान्सबाट अर्थतन्त्र चलाउने परिपाटीको अन्त्य गरेर देशभित्रै रोजगारी सिर्जना गरी स्वाधीन अर्थतन्त्रको विकास गर्नुपर्नेमा पनि संयोजक भट्टराईले जोड दिए ।
रोजगारीको सुनिश्चितताका लाागि बैशाख १५ गतेदेखि रोजगारी र समृद्धिको लागि आर्थिक क्रान्तिको अभियानका संयोजक चन्द्रबहादुर थापाको नेतृत्वमा १२ जना युवाहरुले खुल्ला मञ्चमा अनसन सुरु गरेका हुन् । पूर्वसभासद् समेत रहेका थापाको नेतृत्वमा युवाहरुले सुरु गरेको आमरण अनसनको आज छैटौं दिन हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् ऐतिहासिक जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण