रिहाइपछि पनि प्रहरी भ्यानभित्र पुगे दिक्षित, भने, ‘बानी परेछ’ (फोटोफिचर)
काठमाडौं – अकुत सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा हिरासतमा राखिएका साझा यातायात सहकारी लिमिटेडका अध्यक्ष कनकमणि दिक्षित सोमबार सर्वोच्च अदालतको आदेशपछि हिरासतमुक्त भए ।
तर, अदालतबाट निस्केपछि दिक्षित पुनः प्रहरीको भ्यानमा बसे । त्यहाँ करिब १० मिनेट नै बसे उनी । त्यति हुँदा समेत भेउ नपाएपछि उनका एक मित्रले भने ‘कनक तिमी हिरासतबाट छुटेको हैन फेरि पुलिसको गाडी चढेर कता ?’ त्यसपछि मात्र दिक्षितले आफू गलत गाडीमा चढेको थाहा पाए । त्यसपछि, उनी ‘प्रहरीको गाडी चढ्ने बानी पो लागेछ !’ भन्दै ओर्लिए ।
बन्दी प्रत्यक्षिकरण रिटमा सवोच्च अदालतको प्रधानन्याधीस सुशीला कार्की र न्यायाधिश जगदिश शर्मा पौडेलको संयुक्त इजलासले कनकमणि दिक्षितलाई थुनामा राख्नु पर्ने उपयुक्त कारण नदेखिएको भन्दै रिहाइको आदेश दिएको थियो ।
यही वैशाख १५ गते कानुनी प्रक्रिया नपु¥याई हिरासतमा राखेको भन्दै उनकी पत्नी शान्ता दीक्षितले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरेकी थिइन् ।
दिक्षित रिहा भएपछि अस्पताल परिसरमा रहेका उनका सुभेच्छुहरुले खदा लगाएर स्वागत गरेका थिए भने परिवारजन भावुक बनेका थिए ।
यसअघि यही वैशाख १२ गते विशेष अदालतले साझा यातायातका अध्यक्ष दीक्षितलाई अनुसन्धानका लागि १० दिन थुनामा राख्न अनुमति दिएको थियो । अकूत सम्पत्ति जोडेको अभियोगमा अख्तियारले यही वैशाख १० गते दीक्षितलाई पक्राउ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
-
अर्जेन्टिनासँगको हारपछि निराश केनले के भने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण