बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

पार्टी र मधेसको स्वार्थबाट माथि उठेर १६ बुँदे सहमति गरे :  गच्छदार

सोमबार, २० वैशाख २०७३, २० : ४९
सोमबार, २० वैशाख २०७३
विराटनगर -  मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले पार्टी र मधेसको स्वार्थभन्दा माथि उठेर आपूmले ऐतिहासिक १६ बुँदेका लागि महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । पार्टीको तीनदिने प्रथम राष्ट्रिय महाधिवेशनको आज स्थानीय सहिद रङ्गशालामा उद्घाटन गर्दै उपप्रधानमन्त्री गच्छदारले १६ बुँदे सहमतिकै आधारमा मुलुकले संविधान पाएको बताए । उहाँले संविधानलाई कार्यान्वयन गर्न र लोकतन्त्रलाई बलियो र प्राप्त उपलब्धिलाई संस्थागत गर्नका लागि दलबीच सहमति आवश्यक रहेकामा जोड दिँदै मधेसी, आदिवासी, थारु, मुस्लिमलगायतको सम्बोधनका साथै समस्या समाधानका लागि आठ प्रदेश बनाउनुपर्ने सुझाव दिए ।

सो अवसरमा एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले मधेसी र आदिवासीको केही मागलाई पूरा गर्न सीमाङ्कनमा परिमार्जन एवं हेरफेर गर्न सकिने धारणा प्रकट गरे । संविधान निर्माणको काममा गच्छदारको महत्वपूर्ण भूमिका रहेको अनुभवबाट आपूm पनि लाभान्वित भएको जानकारी उनले गराए ।

नेकपा(एमाले)का नेता माधवकुमार नेपालले हिमाली, पहाडी र मधेसी मिलेर मुलुकलाई विकासको गतिमा डो¥याउनका लागि एक भएर अगाडि बढ्नुपर्ने सुझाव दिँदै मुलुकमा संविधानको कार्यान्वयनका साथै विकासका लागि नेपाली काँग्रेसलाई सरकारमा सहभागी हुन आग्रह गरे ।

काँग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले दल मिलेर आन्दोलन गर्ने तर उपलब्धिलाई संस्थागत गर्न चुक्ने गरेको बताउँदै संविधानको कार्यान्वयनका लागि काँग्रेसले प्रतिपक्षमा बसेर सहयोग गर्ने धारणा प्रकट गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा प्रकाशचन्द्र लोहनीले मुलुकको समस्या समाधानका लागि सबै दलले लचकता अपनाउनुुपर्नेमा जोड दिए ।

भारतीय जनता पार्टीका राष्ट्रिय उपाध्यक्ष भगतसिंह कोसियारीले नेपालमा लोकतन्त्र बलियो बनाउन र विकास निर्माणमा सहयोग गर्न भारत सदैव तत्पर रहेको जिकिर गरे। भाजपाका राष्ट्रिय प्रवक्ता डा विजयस्वर्णकर शास्त्रीले नेपालले संविधान जारी गरेकामा बधाई दिँदै प्राकृतिक सौन्दर्यको देश नेपाललाई पर्यावरणबाट हुने क्षतिबाट रोक्नका लागि ठोस कदम चाल्न सुझाव दिए । सो अवसरमा भारतको झारखण्ड राज्यका विधायक शिवशङ्कर उराव, नेकपा (माले)का खगेन्द्र प्रसार्इं, राप्रपा नेपालका उद्धवप्रसाद दाहाललगायतले महाधिवेशनको सफलताको कामना गर्नुभयो । तीन दिनसम्म चल्ने सो अधिवेशनमा दुई हजार ५०० प्रतिनिधि र ५०० पर्यवेक्षकको सहभागिता छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप