बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

फोरम लोकतान्त्रिकको महाधिवेसन मोर्चाद्वारा बहिस्कार

सोमबार, २० वैशाख २०७३, २१ : ०६
सोमबार, २० वैशाख २०७३

काठमाडौं – मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) को तीनदिने प्रथम राष्ट्रिय महाधिवेशनको आज बिराटनगरको सहिद रङ्गशालामा उद्घाटन भएको छ । पार्टीले उद्घाटन कार्यक्रममा नेपाल र भारतका विभिन्न राजनीतिक दलका नेताहरुलाई निमन्त्रणा गरेको थियो । कार्यक्रममा नेपाली कांग्रेस, एमाओवादी, नेकपा एमाले, राप्रपा नेपाल लगायत पार्टीका शीर्ष नेताहरुको उपस्थिति थियो । तर, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कोही पनि नेता उद्घाटन सत्रमा सहभागी भएनन् ।

मोर्चाका नेताहरुलाई गच्छदारले निमन्त्रणा नपठाएको पनि होइन तर मोर्चाका नेताहरुले भने उद्घाटन सत्रलाई बहिस्कार गरेका छन् । ‘हामीले फोरम लोकतान्त्रिकको महाधिवेसनको उद्घाटन सत्रलाई बहिस्कार गरेका हौं । हामीलाई निमन्त्रणा आए पनि हामी गएनौं,’ तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले भने । ‘मधेस आन्दोलनका क्रममा मधेसी जनतामाथि गोली चलाउन आदेश दिने पार्टीको महाधिवेशनमा भाग कसरी लिनु ?’ उनले प्रश्न गरे । मधेसी जनतामाथि गोली चलाउने पार्टीको कार्यक्रममा मोर्चा सहभागी नहुने बताउँदै उनले लोकतान्तित्रकलाई मोर्चाबाट कारवाही गरिसकेको कारण पनि आफूहरु कार्यक्रममा सहभागी नभएको बताए । मोर्चाले यसअघि नेपाली कांग्रेसको महाधिवेसनको उद्घाटन सत्रमा पनि भाग लिएको थिएन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप