बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

आमरण अनसनप्रति ऐक्यबद्धता जनाउन कृष्ण सिटौला आउँदै

मङ्गलबार, २१ वैशाख २०७३, ०९ : ०५
मङ्गलबार, २१ वैशाख २०७३

काठमाडौं – स्वदेशमै रोजगारी र आर्थिक समृद्धिको माग गर्दै आमरण अनसन बसेकाहरुलाई भेट्न काँग्रेस नेता कृष्ण सिटौला आउने भएका छन् । खुलामञ्चमा रहेका अनसनकारीलाई भेट्नका लागि आज मंगलबार बिहान ८ बजे कृष्ण सिटौला आउने भएका हुन् ।

अनसनको आज सातौँ दिन हो । योग्यता, सीप र दक्षता अनुसारको रोजगारीको ग्यारेन्टी, रोजगार दिन नसके स्वरोजगारका लागि प्रमाणपत्र धितोमा राखेर ऋण दिनपर्ने, बेराजगार भत्ताको व्यवस्था गर्नुपर्ने लगायतका माग राखेर १२ जना यूवाहरु बुधबारदेखि काठमाडौंको खुलामञ्चमा आमरण अनसनमा छन् ।

अभियानका संयोजक चन्द्र बहादुर थापा सागरको नेतृत्वमा अनुषा राई, जिविता आचार्य, ज्ञानदेवी विष्ट, मञ्जु गौतम, लक्ष्मी स्याङताङ तामाङ, दावा शेर्पा, अजित झा, भरत लामिछाने, निरज पुन, रियाज पौडेल, र महेश नेपाल छन् । उनीहरु त्रिभुवन विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत हुन् ।

सात दिनसम्म विभीन्न राजनैतिक दलका नेताहरुले उनीहरुको अनसनप्रति ऐक्यवद्धता जनाएपनि राज्यको तर्फबाट आधिकारीक व्यक्ति आएर अनसनप्रति कुनै सुनुवाई नगरेको अभियन्ता ज्ञानेन्द्र अधिकारीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप