बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

फोरम लोकतान्त्रिकको महाधिवेशनः दुई बजेपछि उम्मेदवारी कार्यक्रम सार्वजनिक

मङ्गलबार, २१ वैशाख २०७३, १३ : २९
मङ्गलबार, २१ वैशाख २०७३
विराटनगर– मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)को विराटनगरमा जारी प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज अपराह्न आज २ बजेपछि उम्मेदवारी कार्यक्रम सार्वजनिक गरिने छ । यतिखेर केन्द्रीय समितिको बैठक जैन भवनमा जारी छ । पार्टीका अध्यक्ष विजयकुमार गच्छदारको अध्यक्षतामा सुरु भएको बैठकमा पार्टीको विधान पारित हुनाका साथै राजनीतिक र साङ्गठनिक प्रतिवेदन समेत पारित हुने पार्टीका उपाध्यक्ष भारतेन्दु मल्लिकले जानकारी दिए । सोमबार राति ९ बजेदेखि पार्टीको केन्द्रीय बैठकमा पार्टीको विधान, समसामायिक राजनीतिक, पार्टीले निर्धारण गर्ने नीति लगायत विषयमा छलफल भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप