बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

७५ वर्षीय वीरबहादुर जलेर मृत्यु

मङ्गलबार, २१ वैशाख २०७३, १३ : ३५
मङ्गलबार, २१ वैशाख २०७३

धादिङ– खरी गाविस–७ मा रहेको ताउले वनमा आगलागी हुँदा ७५ वर्षीय वीरबहादुर गैरेको जलेर सोमबार मृत्यु भएको छ ।

वनमा गोठालो गएका खरी–७ गैरीगाउँ स्थायी घर भएका गैरे मृतावस्थामा फेला परेका हुन् । आइतबारदेखि सुरु भएको डढेलो अहिलेसम्म नियन्त्रणमा आउन नसकेको स्थानीयवासी सन्तोषी गैरेले जानकारी दिए । गर्मी सुरु भएसँगै यहाँका विभिन्न सामुदायिक वनमा आगलागी लाग्न थालेको छ ।

आगलागीबाट जिल्लामा रहेको सामुदायिक वन ध्वस्त भएका छन् भने मानवीय क्षति पनि भएका छन् । सबैभन्दा बढी सामुदायिक वन रहेको जिल्ला भनेर चिनिएको धादिङका वनमा गत वर्षका तुलनामा यस वर्ष धेरै ठाउँमा डढेलो लागेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप