मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
राजविराज - सप्तरीको कञ्चनरुप नगरपालिकामा मङ्गलवार विहान भएको मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने अर्काको अवस्था चिन्ताजनक छ । विहान करिब ३ बजे पूर्वबाट पश्चिमतर्फ जादै गरेको स२प २७२५ नम्बरको मोटरसाइकल पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कञ्चनरुप–८ स्थित सुन्दरीपुलको पिलरमा ठोक्किर दुर्घटना भएको हो । दुर्घटनामा परि गम्भिर घाइते भएका मोटरसाइकल चालक सप्तरीको मानराजा गाविस–२ बस्ने ३० वर्षीय मनोज रामको धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकै क्रममा मृत्यु भएको हो । दुर्घटनामा परि घाइते भएका मोटरसाइकलको पछाडी सवार ५५ वर्षिय देव चन्द्र झाको धरानमै उपचार भईरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको मोटरसाइकल इलाका प्रहरी कार्यालय कंचनपुरले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरिक्षक दानबहादुर कार्कीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १० वर्षको अवधिमा जम्मा ३७ जनाको कलेजो प्रत्यारोपण
-
युक्रेनमा रूसको भीषण आक्रमण : १४ जनाको मृत्यु
-
प्रहरी यातना विरुद्ध कानुनी लडाइँ लड्ने माजिद अन्सारीको घोषणा
-
त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द
-
बजेट शून्यताको अवस्थामा पुग्दै सुदूरपश्चिम सरकार
-
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण