बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

बाख्रामा कृत्रिम गर्भाधान सेवा

मङ्गलबार, २१ वैशाख २०७३, १४ : ४०
मङ्गलबार, २१ वैशाख २०७३
कञ्चनपुर– बेदकोट र भीमदत्तनगरपालीकामा पहिलो पटक बाख्रामा कृत्रिम गर्भाधान सेवा सुरु गरिएको छ । मासुको उत्पादनमा वृद्धि गरी किसानको आर्थिक अवस्थामा सुधार ल्याउन कृत्रिम गर्भाधान सेवा सुरु गरिएको जिल्ला पशु सेवा कार्यालयका वरिष्ठ पशु विकास अधिकृत डा मदनसिंह धामीले जानकारी दिए । वयर जातको बाख्राको बोकाको वीर्य स्थानीय जातका बाख्रामा राखी नश्ल सुधार गर्न पशुसेवा कार्यालय र पशुसेवा केन्द्रमार्फत प्रति बाख्रा रु ३० शुःल्क तिरेर सेवा उपलब्ध गराउने व्यवस्था गरिएको छ । कार्यालयले नेपालगन्जबाट उन्नत नश्लको बोकाको वीर्य ल्याउने गरेको छ । बाख्राको तौल ७० देखि १०० किलोसम्म हुने गरेकाले एक महिनाको अवधिमै ६० जना किसानले कृत्रिम गर्भाधान गराएको कार्यालयले जनाएको छ । “अन्य क्षेत्रमा समेत कृत्रिम गर्भाधान सेवाका लागि माग भइरहेको छ,” अधिकृत धामीले भने । कार्यालयको तथ्याङ्क अनुसार जिल्लामा स्थानीय जातका ९८ हजार र उन्नतजातका ३१ हजार भन्दा बढी बाख्रा रहेका बताइएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप