बजेट कार्यान्वयन हुनेमा अर्थविद्हरुको आशंका
काठमाडौं – पूर्व अर्थसचिव यूवराज भुषालले संविधानले नै छिटो बजेट ल्याउने ब्यवस्था गरेकोले अबको बजेटमा कार्यान्वयनको समस्या नहुने विश्वास ब्यक्त गर्दै विगतमा बजेट नै ढिला आउँदा कार्यान्वयनमा समस्या आएको तर्क गरेका छन् । साउनबाट चौधौ योजना दिगो विकास, विकास उन्मुख राष्ट्रको सूचिमा पुर्याउने, गरिबी संख्या तल झार्ने लक्ष्यसहित आउने भएकोले बजेट पनि त्यसैको सेरोफेरोमा हुने विश्वास ब्यक्त गर्दै मुलुकको दिगो विकासकोलागि उर्जा विकासमा प्रयाप्त लगानीको आवश्यकता औल्याए । स्थानीय निकायको निर्वाचन, पुनःनिर्माण, रोजगारी सृजना, शिक्षा, स्वास्थ्य, गरिबी निवारण र पर्यटन क्षेत्रमा जोड दिनु पर्ने बताउँदै भुषालले अनुदान नीतिलाई पारदर्शी बनाउने र सवारी साधनको मुल्य अनुसार कर लगाएर करको दायरा बढाउनु पर्ने आवश्यकता औल्याए । रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा उनले मुलुकको विकासमा स्रोत र साधनको अभाव भन्दा पनि ब्यवस्थापकीय समस्या रहेको भन्दै ब्यवस्थापिकिय सुधारमा जोड दिनु पर्ने बताए । नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष सुरेन्द्र बीर मालाकारले मधेस आन्दोलन लगायतको समस्या समाधान हुन नसकेकोले आगामि बजेट कार्यान्वयनमा समेत शंका ब्यक्त गर्दै नेपालको प्रशासनयन्त्र कमजोर भएकोले आर्थिक विकास र बजेट कार्यान्वयनमा समस्या हुने गरेको अनुभव सुनाए । उनले भुकम्प र नाकाबन्दीको कारण नीजि क्षेत्र समस्यामा रहेकोले आर्थिक क्षेत्रलाई अगाडि बढाउनु पर्ने गरी बजेट आउनु पर्ने भन्दै सार्वजनिक खरिद ऐनसहितका केही ऐनहरु संसोधनको आवश्यकता औल्याए । मालाकारले उर्जाको विकास गर्न सके अरु क्षेत्रको विकास क्रमैसँग हुँदै जाने तर्क गर्दै मुलुकको आर्थिक विकासकोलागि सरकारसँग हातेमालो गरेर अघि बढ्न निजी क्षेत्र तयार रहेको स्पष्ट पारे । उनले कृषि, पर्यटन, यातायात र उर्जा बजेटको प्राथमिकतमा रहनु पर्ने भन्दै अस्पष्ट कानूनका कारण विदेशी लगानी आउन सक्ने बातावरण नभएको दावी गरे । मालाकारले भने, ‘अस्पष्ट कानुन र राजनीतिक दलको भातृ संगठनको अवरोधको कारण नेपालमा विदेशी लगानी आउने सम्भावना छैन ।अब सरकारले एक पटक फेरि सम्पत्ति घोषणा गर्ने नीति ल्याएर आन्तरिक पुजि परिचालन गर्ने बातावरण बनाउनु आवश्यक छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १० वर्षको अवधिमा जम्मा ३७ जनाको कलेजो प्रत्यारोपण
-
युक्रेनमा रूसको भीषण आक्रमण : १४ जनाको मृत्यु
-
प्रहरी यातना विरुद्ध कानुनी लडाइँ लड्ने माजिद अन्सारीको घोषणा
-
त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द
-
बजेट शून्यताको अवस्थामा पुग्दै सुदूरपश्चिम सरकार
-
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण