बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

चितवनमा सुरु भयो पत्रकार महासंघको साधारणसभा

मङ्गलबार, २१ वैशाख २०७३, १५ : ४१
मङ्गलबार, २१ वैशाख २०७३

चितवन – चितवनको रत्ननगरमा मंगलबारदेखि नेपाल पत्रकार महासंघको केन्द्रिय साधारणसभा सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले साधारणसभाको उद्घाटन गरिन् । साधारणसभाको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले राष्ट्रिय एकता, सद्भाव र सहिष्णुता सचेत रहन देशबासीलाई आग्रह गरिन् ।

राष्ट्रपति भण्डारीले भाषिक, जातीय, सांस्कृतीक, भौगोलिक, धार्मीक सद्भाव, सहिष्णुताप्रती सबै सचेत र सजक बन्नुपर्ने बताइन् । संबिधान कार्यान्वयन र देशको सम्बृद्धीका लागि राष्ट्रिय एकता कायम गरेर अघि बढ्न उनले आग्रह गरिन् । राष्ट्रपति भण्डारीले पूर्ण प्रेस स्वतन्त्रता सहितको संबैधानीक व्यवस्थाको उपभोग गर्दै नागरीकलाई सूसूचित, राज्यका राज्यका निकायलाई उत्तरदायी, पारदर्शी र जिम्मेवार बनाउन पत्रकार तथा सञ्चार माध्यमहरुलाई आग्रह गरिन् ।

उनले पत्रकारीताको प्रर्वद्धनका लागि श्रमजिवी पत्रकारीता ऐन कार्यान्वयन गर्न सरकारले तथा पत्रकारीता आचार संहिता पालना गर्न पत्रकार एवं सञ्चार माध्यमहरु जिम्मेवार बन्नुपर्ने बताइन् ।

सूचना तथा सञ्चार मन्त्रालयको समेत कार्यभार सम्हालेका उद्योगमन्त्री सोमप्रसाद पाण्डेले सरकारले आमसञ्चार निती ल्याउने र पत्रकारको क्षमत्ता अभिवृद्धीका लागि आमसञ्चार प्रतिष्ठान गठन गर्न लागेको जानकारी दिए ।

मन्त्री पाण्डेले श्रमजिवी पत्रकार ऐन कार्यान्वयनका लागि सञ्चार माध्यम, सम्बद्ध संस्थाको सहयोगको अपेक्षा गर्दै समानुपातीक विज्ञापन प्रणाली लागू गर्न पहल गरेको बताए ।

साधारणसभामा महासंघको दश प्रदेशको सांगठनीक पुर्नसंरचना र सदस्यता प्राप्त गर्नका लागि दश जोड दुई वा सो सरहको शैक्षिक योग्यता हुनुपर्ने बिधान संसोधनका लागि प्रस्ताव गरिएको छ । साधारणसभाको अवसरमा देशका विभिन्न ठाउँका अग्रज पत्रकारहरुलाई प्रेस स्वतन्त्रता सेनानी सम्मान गरिएको थियो ।

यसैगरी राष्ट्रपति भण्डारी, मन्त्री पाण्डे, पत्रकार महासंघका अध्यक्ष डाक्टर महेन्द्र बिष्ट लगायतका अतिथिहरुले महासंघले स्थापना गरेको विभिन्न पुरस्कार वितरण गरेका थिए । संस्थापक सभापति कृष्णप्रसाद भट्टराईको स्मृतीमा स्थापित पुरस्कार कार्टुनिष्ट दुर्गा बराल (बात्सायन), उमासिङ स्मृती पत्रकारीता पुरस्कार कैलालीका गणेश चौधरी, कालीकोटका तुलाराम पाण्डेलाई गौरी कठायत स्मृती पत्रकारीता पुरस्कार प्रदान गरिएको हो । मैयादेवी पत्रकारीता पुरस्कार चितवनकी शान्ता अधिकारीलाई प्रदान गरिएको थियो । चितवन जिल्ला र उल्यालो प्रतिष्ठानलाई उत्कृष्ट शाखाको रुपमा सम्मान गरिएको थियो । महासंघले तयार पारेको वार्षिक प्रेस स्वतन्त्रता प्रतिवेदन, मुखपत्र पत्रकारीता र चितवन शाखाले प्रकाशन गरेको पत्रकारीता छेउ नामक पुस्तकको बिमोचन गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप