‘कुमारी’ को विषयले विवादमा फस्यो गाजलु
काठमाडौं – आगामी जेठ २८ देखि देशभर प्रदर्शनमा आउन थालेको वहुप्रतिक्षित चलचित्र गाजलु विवादमा फसेको छ । चलचित्रको प्रोमोमा बोलिएको ‘कुमारीलाई विवाह गर्नु हुन्न भन्छन् नि ?’ भन्ने संवादले गाजलुलाई विवादमा फसाएको छ । यो संवादलाई लिएर कुमारी घरका पदाधिकारीहरुले गंभीर आपत्ती प्रकट गरेका छन् ।
आइतबार उनीहरुले चलचित्रका निर्देशक हेमराज बि.सी.लाई बोलाएर उक्त संवादप्रति आपत्ती जनाएका थिए र सो संबाद हटाउन दबाव दिएका थिए । अहिलेका सर्वाधिक चर्चित युवा स्टार अनमोल के.सी र पूर्व मिस नेपाललाई पहिलोपटक पर्दामा हेर्न दर्शकहरु ब्यग्र छन् । प्रदर्शनको मिति नजिकिदैैं गर्दा एकाएक चलचित्र विवादमा तानिएपछि निर्माता रोहित अधिकारीले गाजलुप्रति कुमारी घरका पदाधिकारीहरुको आपत्तीलाई सकारात्मकरुपले ग्रहण गर्दै आपसी सहमतिबाट अगाडि बढ्न मनसाय प्रकट गरेका छन् । आज एक विज्ञप्ती जारी गर्दै निर्माता अधिकारीले गाजलु रिलिजपूर्व सेन्सर बोर्ड र कुमारी घरका पदाधिकारीहरुको परामर्श अनुसार कदम चाल्ने धारणा व्यक्त गरेका हुन् । उनले चलचित्र गाजलुमा कुनै जाति विशेषको परम्परालाई जोडेर कसैको मनोभावना र संस्कृतिमा ठेस पु¥याउने उद्देश्य नरहेको प्रष्ट पारेका छन् । गाजलुमा कुमारी जीवन व्यतित गरेकी युवतीलाई समाजले हेर्न दृष्किोणलाई चित्रण गरिएको जनाउँदै निर्माता अधिकारीले कुमारी प्रथाबारे कुनै नकारात्म सन्दैश प्रवाह नगरेको तथा लोक परम्परा र संस्कृतिबारे कुनै विश्लेषण वा निष्कर्ष नदिएको प्रष्ट पारेका छन् । साथै उनले लोकजीवनमा प्रचलित कला, संस्कृति र परम्परालाई संरक्षण र प्रबद्र्धन गर्न गाजलु टिम प्रतिबद्ध रहेको समेत जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १० वर्षको अवधिमा जम्मा ३७ जनाको कलेजो प्रत्यारोपण
-
युक्रेनमा रूसको भीषण आक्रमण : १४ जनाको मृत्यु
-
प्रहरी यातना विरुद्ध कानुनी लडाइँ लड्ने माजिद अन्सारीको घोषणा
-
त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द
-
बजेट शून्यताको अवस्थामा पुग्दै सुदूरपश्चिम सरकार
-
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण