काँग्रेस संसदीय दलको निर्णय : सरकारका अक्षमतालाई उठाउने
काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलको बैठकले सरकारका असफलता र जनताले भोग्नुपरेको दुःख कष्टका बारेमा संसद्मा आवाज उठाउने भएको छ ।
काँग्रेस संसदीय दलको आज व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकले संसद्मा सरकार परिवर्तनभन्दा पनि जनताले भोग्नुपरेको समस्याका बारेमा आवाज उठाउने निर्णय गरेको नेता महेश आचार्यले जानकारी दिए । संसद्को बर्खे अधिवेशन मङ्गलबारदेखि सुरु भएको हो ।
सरकारले जनचाहनानुसार काम गर्न नसक्दा सत्तामा रहेका अन्य दल पनि सरकारका कामकारबाहीबाट असन्तुष्ट रहेको निष्कर्ष निकाल्दै काँग्रेसले सरकारको विकल्पका रुपमा भने तयार रहेको जनाएको छ ।
भूकम्पपीडितका लागि विनियोजन भएको रकमको अत्यन्त सानो हिस्सा मात्र खर्च भएको र आउँदो वर्षा याम पनि भूकम्पपीडितको पालमुनि नै बास हुने भन्दै काँग्रेसले युद्धस्तरमा पुनःनिर्माणको काम गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
बैठकले आन्दोलनरत मधेसकेन्द्रित दलसँग वार्ता गरी संविधान कार्यान्वयन गर्न सरकार उदासीन रहेको निष्कर्ष निकाल्दै ती दलसँग संवाद गरी समस्या समाधान गर्न अग्रसरता लिने जानकारी नेता आचार्यले दिए ।
काँग्रेसले नाकाबन्दी हटेको लामो समय भइसक्दा पनि मुलुकमा खाद्य सामग्री र इन्धनको कृत्रिम अभाव कायम रहँदा सरकार मौन बसेको भन्दै त्यसलाई नियन्त्रण गर्न माग गरेको छ ।
चालु आवको नौ महिनामा १८ प्रतिशतमात्र पुँजीगत खर्च भएको भन्दै काँग्रेसले विकास निर्माणका काम प्रभावकारी रुपमा अघि बढाउन सरकारको ध्यानाकर्षण गराएको छ ।
यस्तै मुलुकभर देखिएको खडेरीका साथै जङ्गलमा डढेलो नियन्त्रण हुन नसकेको तथा त्यसबाट मानवीय तथा भौतिक क्षति पुगेको प्रति ध्यानाकर्षण गराउँदै डढेलो नियन्त्रण गर्न र पीडितलाई उचित राहत दिन सरकारसँग आग्रह गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १० वर्षको अवधिमा जम्मा ३७ जनाको कलेजो प्रत्यारोपण
-
युक्रेनमा रूसको भीषण आक्रमण : १४ जनाको मृत्यु
-
प्रहरी यातना विरुद्ध कानुनी लडाइँ लड्ने माजिद अन्सारीको घोषणा
-
त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द
-
बजेट शून्यताको अवस्थामा पुग्दै सुदूरपश्चिम सरकार
-
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण