बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

कंगनालाई ‘चरित्रहिन’ भनेपछि बचाउमा उत्रिए ऋतिक

मङ्गलबार, २१ वैशाख २०७३, १६ : २१
मङ्गलबार, २१ वैशाख २०७३

मुम्बई – कंगना र ऋतिक रोशनबीच पछिल्लो समय विवाद बढ्दै गएको छ । दुबै एक अर्कालाई आरोप प्रत्यारोप लगाउँदै थिए । तर यतिबेला ऋतिक एक्कासी कंगनाको बचाउमा देखा परेका छन् । पछिल्लो समय ट्वीटरमा ‘क्यारेन्टरलेस कंगना’ नामक ट्रेन्ड शुरु भएको थियो । यस मामिलाका विषयमा ऋतिकले भनेका छन् : अरुलाई मुल्यांकन गर्नु नै चरित्रहिन हुनु हो । विषय जेसुकै होस् रिसलाई दबाएर प्रेमलाई बढाउनुपर्छ । सामाजिक सञ्जालमा पछिल्लो समय कंगनालाई धेरै आपत्तिजनक प्रतिक्रियाहरु दिएका छन् । कसैले उनलाई प्रचारको भोको रहेको बताएका छन् त कसैले उनी चरित्रहिन रहेको ट्वीट गरेका छन् । प्रहरीको छानविनपछि आयो भित्री रहस्य मुम्बई प्रहरीले शनिबार कंगनाको घरमा पुगेर छानविन गरेको थियो । खार अपार्टमेन्टमा कंगनाको घरमा उनकी बहिनी रंगोलीसँग पनि प्रहरीले झन्डै ३ घण्टा सोधपुछ गरेको थियो । ऋतिकले यसअघि साइबर प्रहरीलाई कंगना र उनकी बहिनीको नाम उल्लेख गर्दै उजूरी दिएका थिए । तर छानविन गर्न पुगेको प्रहरीलाई उल्टै कंगनाले ऋतिक दोषी रहेको बताइन् । उनले ऋतिकले आफ्नो एकाउन्ट ह्याक गर्दै जे पायो त्यही पोस्ट गरेको बताएकी थिइन् । ऋतिकसँगको प्रेमका विषयमा के भनिन् सोधपुछका क्रममा कंगनाले प्रहरीलाई आफ्नो र ऋतिकको प्रेमका विषयमा पनि कुरा गरिन् । उनले दुबैले झन्डै एक वर्षसम्म एकअर्कासँग प्रेम गरेको र एकपटक दुबैजना बिहेका लागि समेत तयार भएको बताइन् । उनले ऋतिकका कारण सम्बन्ध बिग्रिएको र त्यसपछि आफूले उनीसँग कुराकानी बन्द गरेको बताइन् । प्रहरीलाई दिइनन् कंगनाले ल्यापटप र फोन कंगनासँग सोधपुछ परेपछि पनि प्रहरीले खासै उपलब्धि हासिल गरेन । प्रहरीले उनीसँग उनको ल्यापटप, आईप्याड र आईफोन चेकजाँचका लागि मागेको थियो । तर कंगनाले आफ्नो सामान प्रहरीलाई दिन इन्कार गरिन् । जब प्रहरीले उनीसँग फोन मागेको थियो । कंगनाले फोन पानीमा खसेका कारण बिग्रिएको र त्यसलाई फ्याँकेको बताइन् । कंगनाका वकिल भन्छन् : प्रहरीले छानविन गरेपछि नयाँ कुरा निस्केको छ प्रहरीको सोधपुछ सकिएपछि कंगनाका वकिल रिजवान सिद्धिकीले उनको बयान सकिएको पुष्टि गरे । उनले कंगना र उनकी दिदी रंगोलीले हरेक सवालको जवाफ दिएको बताए । उनले सोधपुछपछि प्रहरी सन्तुष्ट रहेको समेत दाबी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप