बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

अपरेशन आईस : पचास लाख नगदसहित लागुऔषध कारोबारी पक्राउ

मङ्गलबार, २१ वैशाख २०७३, १६ : ५२
मङ्गलबार, २१ वैशाख २०७३

काठमाडौं–धादिङका पुर्ण बहादुर पाख्रिन सन् २००३ मा स्पेन जान भनी एक मेनपावर एजेन्ट मार्फत काठमाडौंबाट बैंकक पुगे । बैंककमा थाईल्याण्डकी युवती नुसारासँग उनको भेट भयो । थाईल्याण्डको दुई महिने भिसा सकिएपछि नेपाल फर्केका पाख्रिनलाई नुसाराले केही महिनाको अन्तरालमा फेरी थाईल्याण्ड बोलाईन् । पुर्ण फेरी थाईल्याण्ड हानिए । थाईल्याण्डमा नुसारासँग मिलेर केही समय किराना पसल चलाए । २००४ को अन्तिममा नुसाराले बच्चा जन्माईन् । त्यसपछि नियमीत नेपाल आउने जाने गरेका पुर्णलाई २००९ मा लागु औषध सेवन गरेको भन्दै थाई प्रहरीले पक्राउ गर्यो । त्यसपछी तिन महिना जेल बसेर बिस हजार भाट जरिवाना तिरेर नेपाल आएका पूर्ण आफ्नो दाजु धर्म पाख्रिनको लागु औषध नेटवर्कमा संलग्न रहँदै आएका थिए ।

थाईल्याण्डमा बसेर अष्ट्रेलिया, फिलिपीन्स, म्यानमार लगायत पुर्वि एशियाली मुलुकहरुमा आवैध लागु औषध एम्फेटामाईन (आईस) को कारोवार विस्तार गरिरहेका धर्म तामाङका सहोदर भाईसमेत रहेका तिनै पूर्ण बहादुर पाख्रिनलाई लागु औषध नियन्त्रण ब्युरोले पचास लाख नगद सहित पक्राउ गरेको छ । लागु औषध नियन्त्रण ब्युरो कोटेश्वरले ‘अपरेशन आईस’ संचालन गरेर एम्फेटामाइन (आईस) कारोबार गर्ने फरार प्रतिवादी पुर्ण बहादुर पाख्रिन लाई गत पाँच दिन अघि पक्राउ गरेर मंगलबार सार्वजनिक गरेको छ । धादिङको सत्यदेवी गाविस स्थायी घर भएका पाख्रिन थाईल्याण्डबाट फर्केपछी काठमाडौं र नुवाकोटका विभिन्न स्थानमा लुकेर लागुऔधको नेटवर्कमा संलग्न रहँदै आएको प्रहरीले जनाएको छ ।

काठमाडौं र नुवाकोटतिर लुकेर धादिङ, मकवानपुर,बारा आदि जिल्लाहरुका नेपाली नागरीकलाई उक्त अवैध कारोवारमा आर्थिक प्रलोभन देखाइ थाईल्याण्ड पठाएर एम्फेटामाईनको ओसार पसारमा संलग्न गराउन मुख्य भुमिका खेल्दै आएका पाख्रिन ब्युरोको फरार सूचीमा थिए । ०७२ चैत ३० गते ब्युरोले पक्राउ गरेका नेत्र गुरुङ र चित्र तामाङलाई समेत पुर्णले नै थाईल्याण्ड जाने टिकट र बाटो खर्चकौ प्रबन्ध गरेको प्रहरीले जनाएको छ । सन् १९९९ मा थाईल्याण्ड गएका आफ्नो सहादर दाजु धर्मले भनेबमोजिम पुर्णले नेपालबाट विभीन्न ब्यक्तिहरु थाईल्याण्ड पठाउँदै आएका थिए । प्रहरी मिलाउन साथीलाई पचास लाख सुम्पिनासाथ कर्याप्प नेत्र गुरुङ र चित्र तामाङलाई प्रहरीले समातेपछि एम्फेटामाईन कारोवारीको रुपमा पुर्ण पाख्रिनको समेत पोल खुल्यो । पत्र–पत्रिकाहरुमा समाचार समेत सार्वजनिक भएको र प्रहरीले आफुलाई फरार सुचिमा राखेको चाल पाएपछि पुर्ण पाख्रिनले आफ्नो नजिकको एक साथिलाई पचास लाख रुपैयाँ दिएर आफु पक्राउ परिहालेमा प्रहरी मिलाईदिन आग्रह गरेका थिए ।

पार्टनरसिपमा अर्गानिक खेती गर्नका लागी भन्दै उनले साथिलाई पहिल्यै तिस लाख दिएको र पछि खेती नगर्ने भन्दै प्रहरी मिलाईदिनका लागी उनले बिस लाख थपिदिएका थिए । कल डिटेल्स चेक गर्दा हाल प्रहरीले गोप्य राखेको उनको साथीसँग बारम्बार सम्पर्क भएको देखेपछि ब्युरोले पुर्णको साथिलाई बोलाएर सोधपुछ गरेको थियो । ‘सोधपुछका क्रममा पुर्ण पाख्रिनको साथिले आफुलाई ५० लाख मुद्धा मिलाउन दिएको स्विकार गर्दै पुर्णले दिएको नगद ब्युरोमा दाखिला गरे’ ब्युरो प्रमुख डिआईजी जय बहादुर चन्दले भने, ‘त्यसपछि हामीले पूर्ण तामाङलाई पक्राउ गर्यौं ।’ चन्दका अनुसार पचास लाख ब्युरोमा बुझाउने ब्यक्ति र पूर्णको बीचमा लामो समयअघिदेखी आर्थिक कारोवार हुँदै आएको थियो । थाईल्याण्डमा रहँदा पुर्णले आफ्ना दाई धर्मको आर्थिक कारोवार समेत हेर्दै आएका थिए । निज पुर्णले आफ्नो थाई श्रिमती मार्फत धर्मको लागी एक पटकमा चालिस–पचास लाख भाटसम्म विभीन्न बैंकहरुमा ट्रान्सफर गरेर कमिशन लिँदै आएका थिए । ब्युरोले गएको चैत ३० गते पक्राउ गरेको नेत्र गुरुङ र चित्र तामाङ लगायतका ब्यक्तिहरुलाई लागुऔषध ओसारपसारकै लागी पूर्णले थाईल्याण्ड पठाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको ब्युरो प्रमुख डिआईजी चन्दले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप