डढेको शव फेला
मङ्गलबार, २१ वैशाख २०७३, १६ : ५५
इटहरी–सुनसरीको भोक्राहमा एक व्यक्तिको जलेको अबस्थामा शव फेला परेको छ । भोक्राह २ स्थित हफिज मियाँको सूर्यमुखिको खेतमा अन्दाजी ४० बर्षका एक व्यक्तिको शव फेला परेको हो । मधेसी मुलको देखिने उक्त व्यक्तिको शव जलेर अनुहार सम्म नचिन्ने अबस्थामा छ । घास काट्ने क्रममा महिलाले उक्त शव फेला पारेर प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार उक्त व्यक्तिको पहिचान हुन बाँकी रहेको बताउदै कसैले हत्या गरेको हुन सक्ने बताएको छ । शव पोष्टमार्टमको लागी जिल्ला अस्पताल इनरुवा लगिएको छ । घटनाको बिषयमा प्रहरीले अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १० वर्षको अवधिमा जम्मा ३७ जनाको कलेजो प्रत्यारोपण
-
युक्रेनमा रूसको भीषण आक्रमण : १४ जनाको मृत्यु
-
प्रहरी यातना विरुद्ध कानुनी लडाइँ लड्ने माजिद अन्सारीको घोषणा
-
त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द
-
बजेट शून्यताको अवस्थामा पुग्दै सुदूरपश्चिम सरकार
-
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण