नारच्याङ हुँदै अन्नपूर्ण आधार शिविर पुग्ने पदमार्ग सञ्चालन
शुक्रबार, २४ वैशाख २०७३, १६ : १०
म्याग्दी–म्याग्दीको नारच्याङ गाविसमा पर्ने अन्नपूर्ण हिमालको प्रथम आधार शिविर पुग्ने नयाँ पदमार्ग सञ्चालनमा आएको छ ।
संस्कृति, पर्यटन तथा उड्डयन मन्त्रालयअन्तर्गत पर्यटन विभागको रु ४० लाखको लगानीमा नारच्याङ–अन्नपूर्ण पदमार्ग सञ्चालनमा ल्याइएको हो ।
चार वर्षको अवधिमा प्रत्येक वर्ष रु १० लाख बजेटबाट नारच्याङ हुँदै आधार शिविरसम्मको पदमार्ग निर्माण गरिएको पदमार्ग निर्माण समितिका अध्यक्ष तेज गुरुङले जानकारी दिए । नारच्याङ गाउँदेखि छेलुङ जङ्गल हुँदै नीलगिरि खोलाको किनारैकिनार व्यवस्थित पदमार्ग निर्माण गरिएको उनले बताए ।
‘‘यसअघि अन्नपूर्ण प्रथम आधार शिविर पुग्ने पर्यटक हेलिकप्टरमार्फत आउने गरेका थिए, अब नारच्याङ हुँदै पदमार्गमार्फतसमेत सजिलै पर्यटक र आरोहीहरु आधार शिविर पुग्न सक्छन्” – अध्यक्ष गुरुङले भने ।
नेपाली पर्यटकलाई एक दिन र विदेशी पर्यटकलाई दुई दिन लाग्ने यो पदमार्ग हुँदै आधार शिविर पुग्ने पर्यटकलाई व्यवस्थित र सुरक्षित बसोबासका लागि सेल्टरसहित क्याम्पिङ साइटलगायतका थप पूर्वाधार निर्माण गर्नुपर्ने देखिएको छ ।
सहज पदमार्ग नहुँदा यसअघि आरोही र पर्यटक हेलिकप्टर चार्टर र मुस्ताङको कुञ्जो गाविस हुँदै घुमाउरो बाटो हुँदै आधार शिविर पुग्ने गरेका थिए ।
पदमार्ग सञ्चालनमा आएसँगै नारच्याङको आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने पदमार्ग निर्माण उपभोक्ता समितिका सचिव हुमबहादुर पुनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्यान्डविरुद्ध मेस्सीले जे गरे, यही कारण उनी फुटबलका बादशाह हुन्
-
पर्याप्त वर्षा भएपछि रोपाइँ तीव्र
-
डोलेश्वरमा श्रावणी मेला, ५० लाख भक्तजन आउने अनुमान
-
सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण