संसदीय समितिमा सर्वेन्द्र खनालको तारिफ
काठमाडौँ– संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले शैक्षिक परामर्श केन्द्रको विकृति अन्त्य गर्न र ठगी नियन्त्रण गर्न प्रभावकारी भूमिका खेलेको भन्दै महानगरीय अपराध महाशाखाका प्रमुख वरिष्ठ उपरीक्षक एसएसपी सर्वेन्द्र खनाललाई धन्यवाद दिएको छ ।
समितिका सभापति प्रभु साहले वरिष्ठ उपरीक्षक खनालको नेतृत्वमा शैक्षिक परामर्श केन्द्रमाथि कारबाही सुरु गरेपछि अहिले सो क्षेत्रका धेरै समस्या समाधान हुँदै गएको भन्दै त्यसका लागि समितिको तर्फबाट धन्यवाद दिए । सांसद चुडामणि जङ्गली, पे्रमकिशोर साहलगायतले म्यानपावर, परामर्श केन्द्रलगायतका नाममा युवामाथि लामो समयदेखि भइरहेको शोषण हटाउन वरिष्ठ उपरीक्षक खनालले लिएको पहलकदमी स्वागतयोग्य भएको टिप्पणी गर्दै आगामी दिनमा समेत यसलाई निरन्तरता दिन आग्रह गरे । सांसदहरुले टेबुल ठोकेर वरिष्ठ उपरीक्षक खनाललाई धन्यवाद दिएका थिए । बैठकमा सहभागी खनालले सांसदहरुले दिनुभएको हौसलाले आफूलाई काम गर्न थप प्रेरणा मिलेको भन्दै समाजका विकृति विरुद्ध आफूले कारबाहीलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे । उनले केही महिनाअघि आफू मातहतको महाशाखाले ठगीमा संलग्न ४१ परामर्श केन्द्रमा छापा मारी तिनका सञ्चालकलाई नियन्त्रणमा लिएको र २४ वटा विरुद्ध मुद्दा चलाएको समितिलाई जानकारी दिए। अहिले पनि परामर्श केन्द्रबाट भएका ठगीका ६७ वटा उजुरी महाशाखाले अनुसन्धान गरिरहेको र २०८ जना विद्यार्थी विभिन्न मुलुकमा अलपत्र परेको उजुरी महाशाखामा हेरिरहेको उनले बताए ।
विद्यार्थी भिषामा कामदार पठाउने होड
यसैबीच, समितिले विदेशमा अध्ययन तथा शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्ने सम्बन्धमा छुट्टै कानुन बनाउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ । म्यानपावर सञ्चालन सम्बन्धी वैदेशिक रोजगारी ऐन भए पनि परामर्श केन्द्र सञ्चालन सम्बन्धी ऐन नहुँदा यो क्षेत्रमा विकृति बढेको भन्दै सांसदहरुले आजको बैठकमा ध्यानाकर्षण गराएपछि नयाँ ऐन बनाउन निर्देशन दिइएको समितिका सभापति प्रभु साहले जानकारी दिए । समितिको बैठकले नेपाली विद्यार्थी विदेश पढ्न जाने उपयुक्त विषय तथा देशको सूची बनाएर सोही अनुरुप अनुमति दिन समेत निर्देशन दिएको छ । नेपाली पढ्न जाने गन्तव्य मुलुकसँग नेपाल सरकारलाई सो सम्बन्धी सम्झौता प्रक्रियासमेत अगाडि बढाउन समितिले निर्देशन दिएको छ ।
जथाभावी परामर्श केन्द्र दर्ता गर्न रोक्न तथा स्पष्ट मापदण्ड बनाएर मात्रै थप शैक्षिक परामर्श केन्द्रको दर्ता प्रमाणपत्र दिन र नियमित अनुगमन गर्न शिक्षा मन्त्रालयलाई समितिले निर्देशन दिएको छ । समितिको आजको बैठकमा सांसदहरुले परामर्श केन्द्रले म्यानपावरको काम गरेको तथा मानव तस्करी समेत गरिरहेको भन्दै अनुगमन आवश्यक रहेकोमा जोड दिएका थिए ।
उनीहरुले देशको आवश्यकता केहो, कुन विषय पढ्न विदेश जान दिने, कुन विषय पढ्न विदेश जान नदिने लगायतको स्पष्ट मापदण्ड बनाउनुपर्ने धारणा राखेका थिए ।
बैठकमा शिक्षा मन्त्रालयका सचिव विश्वप्रकाश पण्डितले परामर्श केन्द्र सम्बन्धी छुट्टै कानुमा व्यवस्था नभएकाले अहिलेलाई निर्देशिका बनाएर ४०२ वटा केन्द्रलाई सञ्चालन अनुमति दिइएको जानकारी दिए । उनले थप ७०० केन्द्रले अनुमतिका लागि मन्त्रालयमा निवेदन दिएको जानकारी दिँदै अध्ययन गरेर अनुमति दिइने बताउ । उनले शिक्षाका लागि विदेश जाने ९० प्रतिशत विद्यार्थीको लक्ष्य रोजगारी समेत हुनेगरेको स्वीकार गर्दै १० प्रतिशत विद्यार्थी पढ्न जाने गरेको देखिएको बताए । बैठकमा सहभागी अध्यागमन विभागका महानिर्देशक केदार न्यौपानले परामर्श केन्द्र मार्फत विद्यार्थी प्रवेशाज्ञा कामदार पठाउने होड चलिरहेको भन्दै यसलाई नियन्त्रण गर्न जरुरी रहेको धारणा राखे ।
‘
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोलेश्वरमा श्रावणी मेला, ५० लाख भक्तजन आउने अनुमान
-
सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण