रियो ओलम्पिकमा रुसी धावक–धाविका प्रतिबन्धित हुनसक्ने
काठमाडौं – रियो ओलम्पिकमा रुसी धावक धाविकाहरुलाई प्रतिबन्ध लगाउनुपर्ने माग गर्ने वाडाका पूर्व अध्यक्षले प्रतिस्पर्धामा सहभागी रुसी धावक धाविका निर्दोष छन् भनेर ठोकुवा गर्न सकिने आधार नरहेको बताएका छन् ।
विश्व एन्टी डोपिंग एजेन्सी वाडाका पूर्व अध्यक्ष डिक पाउन्डको नेतृत्वमा यसअघि भएको छानविनका क्रममा थुप्रै रुसी खेलाडी डोपिंगमा परेका थिए । रुस त्यसपछि प्रतिबन्धमा पर्यो । तर यदी रुसले आफ्ना खेलाडी सही छन् भन्ने प्रमाणित गर्यो भने ओलम्पिक खेल्न पाउनेछ ।
पाउन्ड भन्छन् : अहिले उनीहरुसामू आफ्ना खेलाडी सही छन् भनेर प्रमाणित गर्नुपर्ने चुनौती छ । अगस्टमा ओलम्पिक सूरु हुनअघि रुसको सहभागिताको विषयलाई लिएर अन्तर्राष्टिय एथलेटिक्सको सर्वोच्च संस्था आईएएएफले जूनमा बैठक राख्दैछ । लण्डनमा भएको सम्मेलनमा बोल्दै बिहिबार वाडाका पूर्व अध्यक्ष पाउन्डले भनेका छन् ः रुसले आफ्ना खेलाडीहरु सही छन् भन्ने प्रमाणित गरेर देखायो र ओलम्पिकमा सहभागीता जनायो भने पनि त्यहाँ शंका गर्ने केही ठाँउहरु भेटिन्छन् ।
उनले प्रश्न गरेका छन् : के हामीले फेरि रसीयनहरुलाई ओलम्पिक खेल्न दिदैँमा त्यहाँको एथलेटिक्समा रहेको डोपिंग र सबै समस्या परिवर्तन भयो भन्ने ग्यारेन्टी गर्न सकिन्छ ? मलाई लाग्छ यो निकै गाह्रो छ ।
पूर्व ब्रिटिस डिस्टेन्स रनर पाउला राडक्लिफले भनेकी छिन् ः यदी रुसीहरु सहभागी भए भने यो नो विनको अवस्था हुनेछ । उनले प्रतिस्पर्धा गर्ने धावकहरुमध्ये को निर्दोष छन् र को डोपिंगमा छन् भन्ने प्रमाणित गर्न निकै गाह्रो हुने भएका कारण यस्तो अवस्थामा निर्दोष धावकहरुमाथि समेत अरुले शंका गर्ने बताएकी छिन् । उनले रुसको सम्पूर्ण टोली सही छ भनेर प्रमाणित गर्नका लागि धेरै कठिनाई हुने धारणा राखिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्यान्डविरुद्ध मेस्सीले जे गरे, यही कारण उनी फुटबलका बादशाह हुन्
-
पर्याप्त वर्षा भएपछि रोपाइँ तीव्र
-
डोलेश्वरमा श्रावणी मेला, ५० लाख भक्तजन आउने अनुमान
-
सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण