बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

आगलागी पीडितलाई लाईन्स क्लब र सिद्धार्थ ग्रुपद्वारा सहयोग

शुक्रबार, २४ वैशाख २०७३, १६ : ५८
शुक्रबार, २४ वैशाख २०७३

गुल्मी – गुल्मीको बडागाउँ १ र २ का अग्नी पिडितहरुलाई लाईन्स क्लव काडमाडौंबाट आएको टोली र सिद्धार्थ विजनेश ग्रुपले आज ठूलो परिणाममा सहयोग गरेको छ ।

लाईन्स क्लवले ८५ वण्डल जस्तापाता र सिद्धार्थ बिजनेस ग्रुपले एकसय थान सिरक, एक सय थान डसना र त्यतिनै सिरानी सहयोग गरेको हो ।

सिद्धार्थ ग्रुपबाट आएका गुल्मी हुँगाका विष्णृु न्यौपानेले उक्त सामग्री राहत संकलन तथा वितरण समिति वडागाउँका अध्यक्ष तथा गाविस सचिव एमकान्त पौड्याललाई प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलको रोहवरमा हस्तान्तरण गरेका हुन् । त्यस ग्रुप अन्तरगत साकार नामक संस्थाले सहयोग गरेको उनले बताए ।

टोली प्रमुख हरि भण्डारीले काठमाण्डौ न्युरोड लगायतका व्यवसायीहरुबाट सहयोग संकलन गरी ५ लाख ३५ हजार ४ सय ७८ रुपैयाँ मुल्य बराबरको २८ गेजको गुणस्तरीय जस्ता पाता हस्तान्तरण गरिएको बताए । प्रमुख जिल्ला अधिकारी कँडेलले पिडित र जिल्लावासीहरुको तर्फबाट सहयोगदाता दुवै सस्था प्रति आभार प्रकट गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप