बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

मुस्ताङको स्याउमा डिजीनम्स किराको प्रकोप

शुक्रबार, २४ वैशाख २०७३, १७ : २०
शुक्रबार, २४ वैशाख २०७३

म्याग्दी – मुस्ताङको स्याउबारीमा ‘डिजीनम्स’ किराको प्रकोप फैलीएको छ । जिल्लाको प्रमुख आयस्रोत बनेको स्याउका बोटमा फुल खेलेर फल लाग्ने बेलामा किराको प्रकोप फैलिएपछि कृषकहरु चिन्तित भएका छन् ।

किराले बोटमा बढ्दै गरेको स्याउका दानाको साथै डाँठ र पात खाएर सखाप बनाउन थालेको छ । यसपालीको हिउँदमा पर्याप्त हिउँ नपरेको र खडेरीका कारण डिजीनम्स किराको प्रकोप देखिएको जिल्ला कृषि विकास कार्यालय मुस्ताङका प्रमुख साबित्री बरालले बताए । उनका अनुसार कागबेनी, टुकुचे र मार्फा गाविसको स्याउ बगैचामा किराको समस्या देखिएको छ । किराले दाना, पात र डाँठ खाएपछि बिरुवानै मर्ने तथा उत्पादनमा असर पर्ने चिन्ताले कृषक निराश बनेका छन् । किरा नियन्त्रणका लागि बिषादी र प्राविधिकलाई बगैँचामा परिचालन गरिएको बरिष्ठ कृषि विकास अधिकृत बरालले बताए । तापक्रम वृद्धी र प्रतिकुल मौसमको असरका कारण मुस्ताङको स्याउखेतीमा नयाँ नयाँ जातका रोगकिराको समस्या देखिन थालेको कृषक र कृषि प्राबिधिकहरुले बताएका छन् । मुस्ताङ जिल्लामा ९९७ हेक्टर क्षेत्रफलमा ब्यवसायीक स्याउ खेती भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप