बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

करणी मुद्दाका फरार अभियुक्त पक्राउ

शुक्रबार, २४ वैशाख २०७३, १९ : १७
शुक्रबार, २४ वैशाख २०७३

राजविराज– जर्बजस्ती करणी मुद्दामा अदालतबाट सजाय पाएका दश वर्षदेखि फारार एक व्यक्तिलाई आज सप्तरी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरी, कञ्चनरुप नगरपालिका–२ बरमझिया निवासी ३६ वर्षीय विजय दास रहेको प्रहरी निरीक्षक गौरव महतले बताए । गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कञ्चनरुपबाट खटिएको प्रहरी टोलीले उनलाई घरबाटै पक्राउ गरेको हो ।

अभियुक्त दासलाई आइतबार जिल्ला अदालतमा उपस्थित गराई कारागारमा पठाइने छ । विसं २०६२ मा सप्तरी जिल्ला अदालतले दासलाई जबर्जस्ती करणी गरेको आरोपमा आठ महिनाको कैद सजाय सुनाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप