बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

साइबर क्राइमको अभियोगमा पत्रकार पक्राउ

शुक्रबार, २४ वैशाख २०७३, २० : ०४
शुक्रबार, २४ वैशाख २०७३

काठमाडौं– साइबर क्राइमको अभियोगमा पत्रकार मनोजकुमार राई (भद्रगोल किराती)लाई प्रहरीले पक्राउ गरेको छ । ‘गाउँले’ मासिकका सम्पादक÷प्रकाशकसमेत रहेका राईलाई शुक्रबार दिउँसो छलफल गर्न भनी झुक्याएर प्रहरीले पक्राउ गरेको हो ।

हाल प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका राईलाई शुक्रबार दिउँसो दुई बजे झुक्याएर प्रहरी वृत्त कमलपोखरीले पक्राउ गरेको हो । पक्राउपछि उनलाई हनुमानढोका पु¥याएको थियो ।

भक्तकुमार राई उर्फ गड एन्जलबारे खोजमूलक रिपोर्ट प्रकाशित गर्दै सामाजिक सञ्जालमा समेत प्रकाशित गर्दै आइरहेका राईलाई साइबरक्राइमको मुद्दा दर्ता गरी हिरासतमा लिइएको छ । उनलाई प्रहरी परिसर काठमाडौंले ५ः२० बजे पक्राउ पुर्जी थम्याउँदै थुनामा राखेको छ ।

स्रोतका अनुसार राईले गड एन्जलबारे खोजमूलक पुस्तक ‘गड होइन ठग एन्जल’ बाहिर ल्याउने तयारीमा थिए । यसैका निम्ति शनिबार (भोलि) काठमाडौंमा एक कार्यक्रम आयोजना गर्ने तयारी गरिरहेका राईलाई ईलाम जिल्ला निवासी हेंखामा हाङखिमको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप