द्वन्द्व पीडितलाई उजुरी दिन आग्रह
शनिबार, २५ वैशाख २०७३, ०८ : ३५
पर्वत– द्वन्द्वकालमा विभिन्न पक्षबाट पीडित बनेकालाई सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी दर्ता गराउन मानवअधिकारवादी सङ्घ संस्थाले आग्रह गरेका छन् ।
जिल्लास्थित झन्डै एक दर्जन सङ्घ संस्थाले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी सरकारबाट सत्य निरुपण तथा मेलमिलाप आयोग गठन भई आफ्नो कार्य प्रारम्भ गरेकाले कुनै डर र सङ्कोच नमानी स्थानीय शान्ति समिति उजुरी दिन आग्रह गरेका हुन् ।
नेपालको इतिहासमा एउटा निर्मम कालखण्डको रुपमा परिचित २०५२ देखि चलेको १० वर्षे सशस्त्र द्वन्द्वका समयमा विद्रोही तथा राज्य पक्षबाट पीडित नागरिकले न्याय पाउने अपेक्षा गरिएको छ ।
आयोगद्वारा यहि मिति २०७३ वैशाख २ देखि २०७३ असार २ गते सम्ममा स्थानीय शान्ति समितिमार्फत उजुरी लिने व्यवस्था गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोलेश्वरमा श्रावणी मेला, ५० लाख भक्तजन आउने अनुमान
-
सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण