चार महिनापछि पानी पर्दा लाखौं जनता खुसी
शनिबार, २५ वैशाख २०७३, ०८ : ४०
सर्लाही–पूर्वी र मध्य तराईका महोत्तरी, सलार्ही, धनुषा, सिरहा, सप्तरीलगायतका जिल्लाहरुमो झन्डै चार महिनाको लामो अवधिपछि शुक्रबार रातिदेखि पानी परेपछि लाखौं जनता खुसी भएका छन् ।
लामो खडेरी र प्रचण्ड गर्मीका कारण मानिसहरुको दैनिकी प्रभावित भएको बेला पानी परेपछि राहत मिलेको सर्लाहीको इश्वरपुर नगरपालिका ११ का स्थानीय महेन्द्र महतोले बताए ।
अहिले निन्तर पानी परेकाले वातावरण शीतल र मनमोहक बनेको छ । जनमानसहरुले शीतलताको अनुभूति गर्न पाएपछि आनन्दित भएका छन् । बच्चाहरु रमाई–रमाई पानीमा रुझेर नुहाइरहेका छन् ।
खेडेरीले सुख्खा भएको भूमिमा पानी जम्न थालेको छ । सिचाईंको अभावका किसानहरुले लगाएको तरकारीबालीलाई बर्खाले फाइदा गरेको महोत्तरीको बिजलपुरका किसान विपिन चौधरीले बताए । आकाश कालो निलो भएर मज्जाले पानी परिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोलेश्वरमा श्रावणी मेला, ५० लाख भक्तजन आउने अनुमान
-
सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण