खानेपानीको हाहाकार भएकै समयमा पाइप फुटेपछि हजारौ मानिस चिन्तित !
बर्दिबास–खडेरी र चरे दोहनले खानेपानीको अभाव खेप्दै आएका महोत्तरी बर्दिबासका स्थानीय वासिन्दाहरु खानेपानीको पाइप फुट्न थालेपछि चिन्तित बनेका छन् । महोत्तरीको बर्दिवास साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई खानेपानी वितरणमा थप समस्या थपिएको छ । बर्दिवास चोकभन्दा १५ किलोमिटर उत्तर रातु खोलाबाट जमिनमूनी गाडेर ल्याएको खानेपानी वितरणको मुख्य पाइपहरु प्रचण्ड गर्मीमा निकै फुट्न थालेको छ । अहिले खडेरीका कारण खानेपानी मुहानमा पानीको कमि आएको छ । पाइप फुट्दा मानिसहरु टाढा–टाढाबाट पानी ल्याएर खान बाध्य छ । हजारौं मानिसहरु खानेपानीको समस्या भोग्न बाध्य छन् । उनीहरुको दैनिकी प्रभावित भएको छ ।
पाइप फुटेर खानेपानी संस्था हैरानीसँगै घाटा ‘खानेपानीको मुल पाइप ठाउँ–ठाउँमा दिनहुँ फुटेर हामी हैरान भएका छौं,’ खानेपानी उपभोक्ता समितिका अध्यक्ष चुडामणी पोखरेलले भने, ‘बर्दिवास नगरपालिकाको १, २, ३, र ५ नम्बर वडाका २५ हजार जनतालाई खानेपानी दिन समस्या नै छ ।’ खानेपानीको मुहानभन्दा बर्दिवास चोकसम्मको १५ किलोमिटर दुरीमा रहेको रातु खोलास्थित गौरीबासको कालापानीबाट ओछ्याइएर ल्याइएको पाइपहरु सबै जंगलमै पर्ने गर्छ । अध्यक्ष पोखरेलले भने, ‘रातिको समयमा पानीको पाइप फुटेर पाइप जोडन् समस्या र चुनौतिपूर्ण भएको छ ।’ गर्मीयाममा विशालु जीवजन्तुले आंक्रमण गर्ने डर पनि छ । पटक–पटक मुलपाइप फुटेकोले संस्थालाई आर्थिक भार परेको छ । उपभोक्ताहरुलाई संस्थाले ट्यांकरको पानी वितरण गर्दै आएको छ । पानी लिन मानिसहरुको लाम लाग्ने गर्छ ।
बढि गर्मी र पाइप फुट्ने समस्या खानेपानीको पाइप फुटेपछि स्थानीयलाई खानेपानीको हाहाकार भएको छ । फाइप फुटेर जोडेको तीन दिनसम्म सबै उपभोक्ताको धारामा राम्रोसँग पानी पुग्दैन् । उकालो–ओरालो र पाइप फुटेको समयमा ओरालोमा पानी बढि उपयोग भएपछि उकालोमा खानेपानी धारामा चढ्दैन् ।
‘बढि चिसो र गर्मी मौसममा समितिले पहिलेभन्दा दोब्बर समय खटनुपर्छ’ खानेपानीका प्राविधिक सिताराम पोखरेलले भने, ‘जंगलमा गएर राति पानीको पाइप जोड्न समस्या हुन्छ । एक पटकमा हुने कामहरु पटक–पटक गर्नुपर्छ ।’ भगौलिक भू–बनोटका कारण खानेपनीको पाइप फुट्नमा मद्दत पुगेको प्रविधिकहरुले बताएका छन् । गर्मीमा जमिनबाहिर रहेको पाइप अधिक तातिएर जोडमै छुटिने गर्छ । तीव्र बहावका कारणले उकालो–ओरालामा पाइप फुट्ने समस्या ओकालो ओरालोले गर्दा पानीको पाइपमा पानीको बहाव तिब्र गतिमा भएकाले पाइप फुटने गर्छ । समितिले २ जना पलम्बर एक जना सुपरभाइजरलाई खानेपानीको पाइप देखरेख गर्न खटाइएको छ । बर्दिवास सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले तीनहजार १० वटा उपभोक्तहरुलाई खानेपानी वितरण गर्दै आएको छ । नव घोषित बर्दिवास नगरपालिकाका खानेपानी उपभोक्तहरुलाई खानेपानी पूर्ति समस्या हुने गरेको छ । बर्दिवासमा होटल, उद्योग र अस्पताललाई भरपुरमात्रमा खानेपानी उपलब्ध गराउन समस्या हुने गरेको छ । अहिले बर्दिवासमा नयाँ खानेपानीको अयोजनाको काम काज हुदैंछ । इतिहासमा पहिलो पटक उपभोक्तालाई ट्याङ्करबाट खानेपानी खानेपानीको हाहाकार भएपछि उपभोक्ताहरुको प्यास मेटाउन बर्दिबास साना सहरी खानेपानी उपभोक्ता संस्थाले एक हप्तादेखि ट्याङ्करबाट निःशुल्क खानेपानी वितरण सुरु गरेको छ । लामो खडेरीले खानेपानीको मुहानमा पानी कम भएपछि बर्दिबासको खानेपानीमा इतिहासमा पहिलो पटक उपभोक्तालाई ट्याङ्करबाट खानेपानी वितरण गरिएको हो । २०५८ सालदेखि बर्दिबासबासीले धाराको पानी खान थालेका थिए । ट्याङ्करबाट पानी पाएपछि उपभोक्ताहरु हर्षित बर्दिबासको कटुवाल टोल, स्कूल टोल, गालटार टोल, तामाङ टोललगायतका स्थानमा बिहिबार ३ ट्याङ्कर खानेपानी वितरण गरिएको उपभोक्त संस्थाका अध्यक्ष चुडामणी पोखरेलले बताए । उनले भने, ‘बर्दिबासको ४ सय धारामा खानेपानी अभावले प्रत्यक्ष रुपमा अहिले पु¥याउन नसकिँदा ३ हजार मानिसलाई खानेपानीको चरम समस्या छ ।’ हिउँदको याममा खनेपानी उपभोक्ताहरुले धाराको पानीबाट करेसाबारी सिँचाई गर्ने, अधिक मात्रमा पानी स्टोक गर्ने, सबैतिर समान रुपमा खानेपानीको वितरण नहुनु र अर्कोतिर मुहानमा खानेपानीका अभाव जस्ता कारणले खानेपानीको हाहाकार भएको अध्यक्ष पोखरेलले बताए । खानेपानीको अभावले बच्चपनदेखि पच्चपन्न सम्मको जीवन कष्ठकर उपभोक्ता संस्थाले धारामा पानी नआउने स्थानहरुमा पाँच लाख बराबरको पानी वितरण गर्ने योजना अघि बढाएको छ । पिउने पानीको समस्याबाट आक्रांन्त बनेका बस्तीका उपभोक्ताहरुले थोरै भएपनि ट्याङ्करबाट खानेपानी पाएपछि हर्षीत भएका छन् । खानेपानीको सहज उपलब्धता गाउँघरमा नहुँदा खानेपानीको अभावले बच्चपन सम्मदेखि पच्चपन सम्मको जीवन कष्टकर बनको छ । पिउने पानीको हाहाकार भएपछि सबैभन्दा बढि गृहिणी पिरोलिए महोत्तरीको बर्दिबास क्षेत्रमा २० दिनदेखि खानेपानीको हाहाकार भएको बर्दिबास नगरपालिका २ कटुवाल टोल बस्ने गृहिणी देवकी महतोले बताइन् । उनले भनिन्, ‘खानेपानी नपाएर मान्छे मर्ने बेला भयो । भूकम्पले भन्दाबढि हामीलाई खानेपानीले सतायो ।’ खानेपानीको अभावका कारण मानिसहरु गर्मीयाममा नुहाउन, लुगा धुन, गाई वस्तुलाई पानी खुवाउन पाएका छैनौं । खानेपानीको समस्याले सबैभन्दा बढी गृहिणीहरु पिरोलिएका छन् । पानीको प्रत्यक्ष सरोकार घरको महिलाहरुसँग पुरुषको तुलनामा बढि हुने गरेको अन्तरपार्टी महिला सञ्जाल बर्दिबासका अध्यक्ष सारदा थापाले बताइन् । उनले भनिन्, ‘बालबच्चादेखि दैनिकको सरसफाइदेखि लिएर भान्छासम्मको सबै कामहरुमा बढि महिलाहरुको सहभागिता हुन्छ । जहाँ पानीको प्रयोग बढि हुन्छ ।’ जीवन बचाउने जल पेटभरी खान पाइन्न ? खानेपानीको चरम समस्या हुँदा यहाँका मानिसहरुको अधिकांश समय खानेपानी जोहो गर्नमै बित्छ । खानेपानीको अभावले मानिसहरुको दैनिकी पूर्ण रुपले प्रभावित बनेको कटुवाल टोलकै अर्का गृहिणी रीता खड्काले बताइन् । खड्काकाअनुसार, मानिस र गाइवस्तुले जीवन बचाउने जल पेटभरी खान पाएका छैनन् । चुरे जोगाउन विशेष कार्यकम्र चाहियो पूर्वी मधेसका जिल्लाहरु महोत्तरी, धनुषा, सिरहा, सप्तरीका चुरे आसपासका जिल्लाहरुमा यतिखेर खानेपानीको एउटा छुट्टै दृश्य हेर्न सकिन्छ । चुरेको अवैध उत्खन्न र वन फडाँनीले पानीका स्रोत इनार, कुवा, कल, सुक्न थालेपछि खानेपानीको हाहाकार भएको हो । एक सय फिट तलसम्मको भूमिगत पानी सुकेको अवस्था छ । सरकारले चुरे क्षेत्र आसपासको क्षेत्रलाई सुख्खा क्षेत्र घोषणा गरेर जनताहरुलाई अञ्जुलीभर खानेपानी दिएर प्यास मेटाउन सहयोग गरिदिनुपर्छ । चुरे श्रंखलालाई संरक्षण गरेर तराईको जीवन बचाउन बिशेष अभियान संचालन गर्नुपर्ने स्थानीयबासिन्दाहरुको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्यान्डविरुद्ध मेस्सीले जे गरे, यही कारण उनी फुटबलका बादशाह हुन्
-
पर्याप्त वर्षा भएपछि रोपाइँ तीव्र
-
डोलेश्वरमा श्रावणी मेला, ५० लाख भक्तजन आउने अनुमान
-
सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण