नयाँ ट्राफिक प्रमुखले भने — पोखराको ट्राफिक ब्यवस्थापनमा छिट्टै सुधार आउनेछ
पोखरा – ट्राफिक प्रहरी कार्यालय कास्कीमा नवनियुक्त प्रमुख प्रहरी निरिक्षक विश्वराज अधिकारीले पोखराको ट्राफिक ब्यवस्थापनमा छिट्टै सुधारको संकेत देख्न पाईने बताएका छन् । शनिवार पत्रकार माझ उनले ट्राफिक व्यवस्थापनको लागि बिशेष योजनानै बनाएर अघि बढ्ने बताए । उनले भने ‘ केहि समयपछि पोखराको ट्राफिक ब्यवस्थापनमा सुधारको संकेत देख्न पाउनुहुनेछ । ’ट्राफिक ब्यवस्थापनको लागि सरोकारवाला सबै निकायसँग समन्वय गरी अघि बढ्ने उनले प्रतिबद्धता जनाए । तत्कालको लागि ट्राफिक नियम कार्यन्वयनमा जोड दिने उनको कार्ययोजना छ । ट्राफिक सचेतना कार्यक्रम, पार्किङ ब्यबस्थापन, ट्रफिक प्रहरीलाई प्रबिधिमैत्री बनाउदै स्रोत साधन सम्पन्न बनाउनमा जोड दिने अधिकारीले बताए । कार्यक्रममा उपस्थित पत्रकारहरुले पोखराको ट्राफिक ब्यबस्थापन पछिल्लो समय चुनौतिको रुपमा रहेकाले सोहि अनुसार विशेष कार्ययोजना बनाएर अघि बढ्न सल्लाह दिएका छन् । पत्रकार दिपेन्द्र श्रेष्ठले ट्राफिक ब्यवस्थापनको लागि विशेष कार्ययोजना बनाए नागरिक समाज र पत्रकार सहयोगको लागि तयार रहेको बताए । उपस्थित पत्रकारहरुले सार्वजनिक सवारीले बढी भाडा असुल गरेको, गाडीहरु अनियन्त्रित रुपमा सञ्चालन हुने गरेको, क्षमता भन्दा बढी यात्रु राख्ने, जथाभावी रोक्ने प्रवृतिको अन्त्य गर्न सुझाब दिए । उनीहरुले ट्राफिक प्रहरी र उनीहरुको सहयोगीका रुपमा खटिन् अन्य प्रहरीलाई प्रशिक्षणको खाचो समेत औल्याए । ट्राफिक प्रहरी निरिक्षक अधिकारीले सबैको सल्लाह र सुझावको आधारमा ट्राफिक ब्यबस्थापनमा सुधार ल्याउने प्रतिबद्धता जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्यान्डविरुद्ध मेस्सीले जे गरे, यही कारण उनी फुटबलका बादशाह हुन्
-
पर्याप्त वर्षा भएपछि रोपाइँ तीव्र
-
डोलेश्वरमा श्रावणी मेला, ५० लाख भक्तजन आउने अनुमान
-
सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण